आज नेप्से २.७८ अंकले घट्यो | Khabarhub Khabarhub

आज नेप्से २.७८ अंकले घट्यो


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २७०.८१ मा पुगेको छ ।

नेप्से परिसूचक घटे पनि कारोवार रकम भने सोमबार र मङ्गलबारको तुलनामा आज वृद्धि भएको छ । कूल १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर रु ५७ करोड एक लाख २३ हजार ४८१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २.५३, होटल ०.६, अन्य ०.४६ र सामूहिक लगानीकोष ०.०२ विन्दुले बढेको छ । यस्तै बैंकिङ ३.२३, विकास बैंक ०.९४, जलविद्युत् ५.७१, वित्त ०.५६, निर्जीवन बीमा ४.९, उत्पादन ६.१२, लघुवित्त ३.८६ र जीवन बीमा ११.१८ अङ्कले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ४२ लाख ७३ हजार ४३०, नेपाल बैंक लिमिटेड रु चार करोड १९ लाख ७४ हजार ८६६, प्रभु बैंक रु दुई करोड ७१ लाख ५२ हजार ६७४, आइएमइ जनरल इन्सयोरेन्स लिमिटेडको संस्थापक शेयर रु दुई करोड ४१ लाख पाँच हजार ६०० र प्रिमियर इन्स्योरेन्स कम्पनीको रु एक करोड ४४ लाख ४९ हजार ७२४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ४ : २४ बजे

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल