आज नेप्से २.७८ अंकले घट्यो « Khabarhub

आज नेप्से २.७८ अंकले घट्यो


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २७०.८१ मा पुगेको छ ।

नेप्से परिसूचक घटे पनि कारोवार रकम भने सोमबार र मङ्गलबारको तुलनामा आज वृद्धि भएको छ । कूल १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर रु ५७ करोड एक लाख २३ हजार ४८१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २.५३, होटल ०.६, अन्य ०.४६ र सामूहिक लगानीकोष ०.०२ विन्दुले बढेको छ । यस्तै बैंकिङ ३.२३, विकास बैंक ०.९४, जलविद्युत् ५.७१, वित्त ०.५६, निर्जीवन बीमा ४.९, उत्पादन ६.१२, लघुवित्त ३.८६ र जीवन बीमा ११.१८ अङ्कले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ४२ लाख ७३ हजार ४३०, नेपाल बैंक लिमिटेड रु चार करोड १९ लाख ७४ हजार ८६६, प्रभु बैंक रु दुई करोड ७१ लाख ५२ हजार ६७४, आइएमइ जनरल इन्सयोरेन्स लिमिटेडको संस्थापक शेयर रु दुई करोड ४१ लाख पाँच हजार ६०० र प्रिमियर इन्स्योरेन्स कम्पनीको रु एक करोड ४४ लाख ४९ हजार ७२४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ४ : २४ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान