सुदूरपश्चिममै पहिलो पटक दुरविन प्रविधिबाट पाठेघरको परीक्षण « Khabarhub

सुदूरपश्चिममै पहिलो पटक दुरविन प्रविधिबाट पाठेघरको परीक्षण


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशमै पहिलो पटक दुरविन प्रविधिको प्रयोग गरी महिलाको पाठेघर परीक्षण तथा उपचार गरिएको छ । यसलाई चिकित्सकीय भाषामा हिस्टेरोस्कोपी भनिन्छ।

निजी क्षेत्रबाट सञ्चालित धनगढीको  निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि.ले हिस्टेरोस्कोपी सेवा सञ्चालनमा ल्याएको हो। बिरेन्द्रनगर नगरपालिका सुर्खेत घर भएकी ३१ वर्षकी प्रतिभा थापा (नाम परिवर्तन)को सफलतापूर्वक उक्त परीक्षण तथा उपचार गरिएको अस्तपालले जानकारी दिएको छ ।

विगत ३ वर्ष देखि बाँझोपनको समस्याबाट आजित भएकी उनी उपचारका लागि कोहलपुर, नेपालगन्ज समेत पुगिसकेकी थिइन । त्यहाँ हरेक पटक उनलाई औषधी मात्र दिने, विभिन्न जाँचहरु गर्दा समेत समस्या के हो ? भनेर पत्ता नलाग्ने र समाधान नभएपछि उनका आफन्तले धनगढीमा उपचारका लागि ल्याएका थिए ।

हिस्टेरोस्कोपी पद्धतिबाट उपचार गर्दा उनको दायाँ डिंबबाहिनी नलीको मुख बन्द भएको देखिएको थियो । दुरबिन प्रविधिकै माध्यमबाट बिना चिरफार उनको उक्त बन्द भएको नलिको मुख खोलिएको अस्पतालले जनाएको छ । यो उपचारपछि उनको समस्या समाधान हुने सम्भावना बढेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

यस किसिमको परीक्षण तथा उपचार प्रविधिबाट बाझोपनको समस्या थाहा पाउन, डिम्बबाहिनी नलिको मुख बन्द भएको हेर्न र खोल्न, पाठेघर भित्र मासु पलाएको हेर्न र फाल्न, ट्युमर भएको हेर्न र निकाल्न, पाठेघरको मुख–प्वाल चिप्किएको हेर्न र खोल्न, पाठेघर सम्बन्धी समस्यामा बायोप्सी जाँचहरु गर्न सकिन्छ ।

ती महिलाको उपचारमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा. डा. नजमुस्सबा अन्सारी र वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा कृटिकल केयर विशेषज्ञ डा. हेमन्त ओझा लगायतको टिम खटिएको थियो ।

अस्पतालले यो सुविधा सञ्चालनमा ल्याएसँगै अब सुदूरपश्चिमका महिलाहरुले यस्ता  प्रकारका रोगको उपचारका लागि भारतका विभिन्न शहर लगायत कोहलपुर, नेपालगन्ज, काठमाडौं जानुपर्ने बाध्यता नरहने अस्पतालका अध्यक्ष तीर्थराज पन्तले बताए ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ४ : ५८ बजे

मुस्लिम समुदायबारेको टिप्पणीले विवादमा प्रधानमन्त्री, सामाजिक सञ्जालमा गालीको ओइरो

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आर्यन समुदायमा भन्दा मुस्लिम समुदायमा महिलामाथि

गण्डकीमा घरबास : स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

गण्डकी– मुलुकभित्र पहिलोपटक घरबास (होमस्टे) पर्यटनको सुरुआत भएको गण्डकी प्रदेशअन्तर्गतको

जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध

एजेन्सी– इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज सङ्क्रमण नियन्त्रणका लागि कुकुर, बिरालो

हुम्लामा निःशुल्क आँखा शिविर : अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित

सिमकोट– हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा ६१२ सेवाग्राही

कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू राष्ट्रिय सभागृहमा भेला (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरू आज