सुदूरपश्चिममै पहिलो पटक दुरविन प्रविधिबाट पाठेघरको परीक्षण « Khabarhub

सुदूरपश्चिममै पहिलो पटक दुरविन प्रविधिबाट पाठेघरको परीक्षण


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशमै पहिलो पटक दुरविन प्रविधिको प्रयोग गरी महिलाको पाठेघर परीक्षण तथा उपचार गरिएको छ । यसलाई चिकित्सकीय भाषामा हिस्टेरोस्कोपी भनिन्छ।

निजी क्षेत्रबाट सञ्चालित धनगढीको  निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि.ले हिस्टेरोस्कोपी सेवा सञ्चालनमा ल्याएको हो। बिरेन्द्रनगर नगरपालिका सुर्खेत घर भएकी ३१ वर्षकी प्रतिभा थापा (नाम परिवर्तन)को सफलतापूर्वक उक्त परीक्षण तथा उपचार गरिएको अस्तपालले जानकारी दिएको छ ।

विगत ३ वर्ष देखि बाँझोपनको समस्याबाट आजित भएकी उनी उपचारका लागि कोहलपुर, नेपालगन्ज समेत पुगिसकेकी थिइन । त्यहाँ हरेक पटक उनलाई औषधी मात्र दिने, विभिन्न जाँचहरु गर्दा समेत समस्या के हो ? भनेर पत्ता नलाग्ने र समाधान नभएपछि उनका आफन्तले धनगढीमा उपचारका लागि ल्याएका थिए ।

हिस्टेरोस्कोपी पद्धतिबाट उपचार गर्दा उनको दायाँ डिंबबाहिनी नलीको मुख बन्द भएको देखिएको थियो । दुरबिन प्रविधिकै माध्यमबाट बिना चिरफार उनको उक्त बन्द भएको नलिको मुख खोलिएको अस्पतालले जनाएको छ । यो उपचारपछि उनको समस्या समाधान हुने सम्भावना बढेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

यस किसिमको परीक्षण तथा उपचार प्रविधिबाट बाझोपनको समस्या थाहा पाउन, डिम्बबाहिनी नलिको मुख बन्द भएको हेर्न र खोल्न, पाठेघर भित्र मासु पलाएको हेर्न र फाल्न, ट्युमर भएको हेर्न र निकाल्न, पाठेघरको मुख–प्वाल चिप्किएको हेर्न र खोल्न, पाठेघर सम्बन्धी समस्यामा बायोप्सी जाँचहरु गर्न सकिन्छ ।

ती महिलाको उपचारमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा. डा. नजमुस्सबा अन्सारी र वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा कृटिकल केयर विशेषज्ञ डा. हेमन्त ओझा लगायतको टिम खटिएको थियो ।

अस्पतालले यो सुविधा सञ्चालनमा ल्याएसँगै अब सुदूरपश्चिमका महिलाहरुले यस्ता  प्रकारका रोगको उपचारका लागि भारतका विभिन्न शहर लगायत कोहलपुर, नेपालगन्ज, काठमाडौं जानुपर्ने बाध्यता नरहने अस्पतालका अध्यक्ष तीर्थराज पन्तले बताए ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ४ : ५८ बजे

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक