काठमाडौं उपत्यका युनेस्कोको खतराको सूचीमा पर्नसक्ने « Khabarhub

काठमाडौं उपत्यका युनेस्कोको खतराको सूचीमा पर्नसक्ने


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकालाई संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोमा विश्व सम्पदाको खतराको सूचीमा राख्ने प्रस्ताव गरिएको छ ।

आगााी ३० जुन देखि १० जुलाईसम्म अजरबैजानको राजधानी बाकुमा हुने युनेस्कोको ४३ औं सम्मेलनमा यसबारे छलफल हुनेछ ।

युनेस्कोले २०७२ साल बैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको काठमाडौं उपत्यकाको साँस्कृतिक धरोहरको संरक्षणमा सन्तोषजनक प्रगति हुन नसकेका कारण उपत्यकालाई खतराको सूचीमा राख्नुपर्ने प्रस्ताव गरिएको हो ।

युनेस्कोको प्रस्ताव पारित भएमा उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रको साँस्कृतिक पहिचान संकटमा पर्ने जनाइएको छ ।
युनेस्कोको विश्व सम्पदा सूचीमा काठमाडौं उपत्यकाका पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, पाटन र भक्तपुर दरवार क्षेत्र र चाँगुनारायण मन्दिर सूचीकृत छन् ।

यसअघि पनि युनेस्कोले सम्पदाको संरक्षणमा ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा सूचिकृत गर्ने चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ५ : ०९ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र