वैदेशिक रोजगारीका नाममा ठगी बढेपछि बैंकिङ प्रणालीमा कसिकसाउ गर्दै विभाग « Khabarhub

वैदेशिक रोजगारीका नाममा ठगी बढेपछि बैंकिङ प्रणालीमा कसिकसाउ गर्दै विभाग


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार क्षेत्रमा ५० हजारभन्दा बढी रकम ठगिएको उजुरी दर्ता गर्दा आर्थिक लेनदेनको बैकिङ प्रमाण अनिवार्य रुपमा देखाउनुपर्ने भएको छ ।

पछिल्लो समय वैदेशिक रोजगार विभागमा एउटै व्यक्ति तथा म्यानपावर कम्पनीबाट ५० देखि ८० लाखसम्मका प्रमाणबिनाका ठगीका उजुरी पर्न थालेका छन् । ठूलो रकमको उजुरीमा पनि बैंकिङ कारोबार नभएपछि विभाग हैरानीमा परेको छ ।

विभागमा म्यानपावर कम्पनी, एजेन्ट अथवा केही व्यक्तिका नाममा ५० देखि ८० लाखसम्म ठगीएका उजुरी पर्ने गरेका छन् । रोजगारीका नाममा ठूला रकमको ठगी बढ्दै गएपछि यो क्षेत्रको विकृति र आर्थिक शोषण नियन्त्रण गर्ने लेनदेनको बैकिङ प्रमाण आवश्यक देखिएको विभागका महानिर्देशक डा भीष्मकुमार भुषालले जानकारी दिए ।

‘५० हजारभन्दा बढी रकम ठगिएका उजुरी गर्दा पीडितले अब अनिवार्य बैंकिङ प्रमाण पेश गर्नुपर्छ । विभागमा एउटै म्यानपावर र एउटा व्यक्तिले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं ठगेको उजुरी परेपनि कारबाही गर्न खोज्दा प्रमाण नहुँदा दोषीले उन्मुक्ति पाइरहेको छ’ महानिर्देशक डा भुषालले भने, ‘रोजगारपीडितले रकम लेनदेनको बैकिङ भौचर अथवा प्रमाणसहित मुद्दा दर्ता गरेका आधारमा कारवाही चलाउन सहज हुन्छ । विभागमा एउटै व्यक्तिका नाममा धेरै रकम ठगीका समस्या लिएर रोजगारपीडित आएपनि उनीहरुसँग ठगीएको प्रमाण नहुँदा विभागलाई कानुनी कारवाही गर्ने समस्या भइरहेको छ ।’

आर्थिक बर्ष २०७४÷७५ मा गृह मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा ५० हजारभन्दा माथिको आर्थिक करोबार हुँदा बैंकिङ प्रमाण लेखापरीक्षण प्रतिवेदनमा देखाउनुपर्ने अनिवार्य गरेको थियो । सोही अनुसार विभागले ५० हजारभन्दा धेरै ठगीका मुद्दामा प्रमाण खोज्न थाल्ने भएको हो ।
व्यक्तिगत भिसामा युरोपका देश, क्यानडा, अमेरिका, सिंगापुर, जापान, नर्वे र बु्रनाइलगायत मुलुकमा पठाइदिने भन्दै धेरै रकम प्रमाणबिनै ठगी म्यानपावर, एजेन्ट र व्यक्तिले ठगेका उजुरी लिएर पीडित विभाग धाउने गरेका छन् ।

वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा कामदार पठाउँदा धेरै रकम लिने म्यानपावर कम्पनीलाई क्षतिपूर्ति फिर्ता दिलाउने व्यवस्था छ । कुनै व्यक्तिलाई रोजगारीमा कुनै देश पठाए वापत् सेवाशुल्क १० हजार रुपैयाँभन्दा बढी लिन नपाउने सरकारी व्यवस्था छ । तर, विभागमा नै एउटै म्यानपावर कम्पनी र एजेन्टले लाखौं ठगेको उजुरी दैनिक आउने गरेका छन् ।

एउटै व्यक्तिबाट पटकपटक ठगिएका उजुरी 

विभागमा एउटै व्यक्तिले पटक पटक ठगी गरेका उजुरी दर्ता भएका छन् । विभागमा ५० हजारदेखि ८० लाखसम्म ठगिएका उजुरी मासिक धेरै संख्यामा आउने गरेको विभागको उजुरी शाखाले जानकारी दिएको छ । व्यक्तिगत ठगीमा संग्लन व्यक्तिका बारेमा स्वयम् ठगीमा परेका पीडित अनविज्ञ हुँदा दोषीलाई कारवाही गर्ने समस्या भइरहेको विभागको भनाइ छ ।

विभागमा आएका उजुरीका आधारमा पनि कामदारसँग व्यवसायीले रोजगारीमा पठाएवापत सरकारले तोकेभन्दा धेरै रकम उठाइरहेको प्रष्ट हुन्छ । तर, वैदेशिक रोजगारीका नाममा ठगिने क्रम बढिरहँदा नियामक निकायले भने विकृति हटाउन सकेको छैन । जसका कारण ठगीमा मौलाइ रहेको छ ।

व्यक्तिगत र कन्सल्टेन्सीबाट ठगीका प्रमाणविहिन 

विद्यार्थी भिसामा विदेश पठाउँदै शैक्षिक परामर्श दातृ संस्था (कन्सल्टेल्सी)ले पनि नक्कली कागजात बनाएर कराडौं ठगी गर्दै आएको उजुरी लिएर रोजगारपीडित विभागमा धाउने गरेका छन् । चालु आर्थिक बर्ष सुरु भएको ११ महिनामा कन्सल्टेल्सीले रोजगारीमा पठाइदिने भन्दै ठगेका धेरै मुद्दा र उजुरी विभागमा दर्ता भएको विभागले जानकारी दिएको छ ।

ती मुद्दामा ठगीका पीडितसँग प्रमाण नहुँने गरेका विभागले जनाएको छ । व्यक्तिगत रुपमा नगद आदानप्रदान हुँदा यस्ता ठगीको प्रायः प्रमाण नै हुँदैन । कन्सल्टेन्सीले नेपालबाट नक्कली भिसा बनाएर भारत तथा अन्य देशमा पुराइ धेरै नेपाली युवालाई अलपत्र पारेको उजुरी आउने गरेको विभागका निर्देशक हरिप्रसाद ज्ञवालीले जानकारी दिए । त्यस्ता ठगिमा प्राय पीडितसँग आवश्यक प्रमाण नहुदाँ ठूलो रकम ठगिएका अधिकांश पीडितले न्याय पाउन समस्या भइरहेको छ ।

नेपालमा ठगेपछि पक्राउ पर्ने डरले भारत अथवा अन्य देशमा गएर अपराधीले शरण लिँदा आएका कारण उनीहरुलाई कानुनी दायरामा ल्याइ कारवाही गर्ने समस्या भइरहेको उनको भनाइ छ । पछिल्लो समय भारत र तेस्रो देशमा बसेर ठग्ने गिरोहको संख्या बढिरहेको छ । रोजगारीका नाममा मानव भइरहेको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : २४ बजे

आजबाट टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग नयाँ साट्न सकिने 

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंग

उम्मेदवार गाउँ गाउँमा : चुनावी प्रचार तीव्र

भेरीगङ्गा– फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी

चुनाव जितेका बीएनपी नेता तारिकलाई मोदीको बधाई

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका नेता

निषेधाज्ञा छल्दै प्रसाईंसहितका सयौँ राजावादी ज्ञानेन्द्रको स्वागतमा (तस्बिरहरू)

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरू त्रिभुवन विमानस्थल गेटमा

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

एजेन्सी– संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर