राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन « Khabarhub

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन गरिएको छ । 

मंगलबार चार वटै समितिहरूले निर्विरोध रुपमा सभापति चयन गरेको हो । सिंहदरबारमा बसेको सम्बन्धित समितिको छुट्टा छुट्टै बैठकमा दलबीच सहमतिका आधारमा सभापति चयन गरिएको हो । 

जस अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् । उनको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा), समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला रहेका छन् ।

त्यस्तै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा, समर्थकमा दुर्गाकुमारी गुरुङ रहेका छन् ।

त्यसैगरि विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन्, उनको प्रस्तावकमा नारायणदत्त भट्ट, समर्थकमा जगत तिमिल्सना रहेका छन् ।

त्यस्तै विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । उनको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा गीता देवकोटा रहेका छन् । गत फागुन २० गतेदेखि चार समितिका सभापतिको पद रिक्त रहेको थियो । 

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ३ : २४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको