क्रिस्टल प्यालेसका वान बिसाका भित्र्याउँदै युनाइटेड « Khabarhub

क्रिस्टल प्यालेसका वान बिसाका भित्र्याउँदै युनाइटेड


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्ल्याण्डको  फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले क्रिसटल प्यालेसका डिफेन्डर आरोन वान बिसाकालाई भित्र्याउने भएको छ ।

युनाइटेडले उनीसँगको सम्झौता केही दिनभित्रै हुने जनाएको छ । २१ वर्षीय युवा खेलाडी वान बिसाकाका लागि युनाइटेडले ५० मिलियन पाउण्ड खर्च गर्न तयार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बिसाकाले यु–२१ इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । युनाइटेड उनीसँग समझदारी नजिक रहेको बताउँदै उनलाई क्लबले हप्ताको ८० हजार पाउण्ड पारीश्रमिक दिने जनाएको छ ।

उनलाई अहिले क्रिष्टल प्यालेसले हप्ताको १० हजार पाउण्ड दिइरहेको छ भने उक्त पारिश्रमीक क्रिष्टल प्यालेसको सबैभन्दा कम पारिश्रमिक हो । ११ वर्षको उमेरमा क्रिष्टल प्यालेससँग जोडिएका वान बिसाकाले सन् २०१८ मा मात्रै टोलीबाट डेब्युको अवसर पाएका थिए ।

नयाँ सिजनका लागि म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर आफ्नो टोली बलियो बनाउने योजनामा रहेका छन् । यसैक्रममा वान बिसाकालाई टोलीमा भित्र्याउन लागेका हुन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ७ : २५ बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु