अमेरिकी विदेशमन्त्री भारत भ्रमणमा « Khabarhub

अमेरिकी विदेशमन्त्री भारत भ्रमणमा


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– अमेरिकी विदेशमन्त्री माइक पम्पेओ भारत भ्रमणमा निस्केका छन् । विदेशमन्त्री पम्पेओ मंगलबार राति भारत आइपुगेका हुन् ।

पम्पेओले भारत भ्रमणका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, आफ्ना भारतीय समकक्षी एस जयशंकरलगायतसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा दुई मुलुकका विदेशमन्त्रीबीच द्विपक्षीय रणनीतिक सम्बन्ध, प्रतिआतंकवाद, मध्यपूर्वमा जारी तनाव लगायतका विषयमा छलफल भएको बताइएको छ ।

जापानको ओसाकामा हुने जी २० को सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुअघि नै अमेरिकी विदेशमन्त्री भारत भ्रमणमा निस्केका हुन् ।

पछिल्लो समय भारत र अमेरिकाबीच व्यापारका विषयलाई लिएर सम्बन्ध चिसिरहेका बेला अमेरिकी विदेशमन्त्रीको भारत भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ७ : ४४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी