अमेरिकी विदेशमन्त्री भारत भ्रमणमा « Khabarhub

अमेरिकी विदेशमन्त्री भारत भ्रमणमा


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– अमेरिकी विदेशमन्त्री माइक पम्पेओ भारत भ्रमणमा निस्केका छन् । विदेशमन्त्री पम्पेओ मंगलबार राति भारत आइपुगेका हुन् ।

पम्पेओले भारत भ्रमणका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, आफ्ना भारतीय समकक्षी एस जयशंकरलगायतसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा दुई मुलुकका विदेशमन्त्रीबीच द्विपक्षीय रणनीतिक सम्बन्ध, प्रतिआतंकवाद, मध्यपूर्वमा जारी तनाव लगायतका विषयमा छलफल भएको बताइएको छ ।

जापानको ओसाकामा हुने जी २० को सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुअघि नै अमेरिकी विदेशमन्त्री भारत भ्रमणमा निस्केका हुन् ।

पछिल्लो समय भारत र अमेरिकाबीच व्यापारका विषयलाई लिएर सम्बन्ध चिसिरहेका बेला अमेरिकी विदेशमन्त्रीको भारत भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ७ : ४४ बजे

पाँचथरमा कांग्रेस अगाडि

पाँचथर– पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ

बैतडी–१ मा रास्वपाका हरि र एमालेका दामोदरबीच कडा प्रतिस्पर्धा

बैतडी- बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र

तत्कालै राप्रपा छोडेर स्वतन्त्र रहने रवीन्द्र मिश्रको घोषणा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा हारेपछि रवीन्द्र मिश्रले

अछाम–१ मा भीम रावल पछि परे, कांग्रेसका भरतकुमार स्वाँर अघि लागे

अछाम– अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार

हुम्ला प्रतिनिधिसभा अपडेट : नेकपा अग्रस्थानमा

हुम्ला– हुम्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकाया अग्रस्थानमा