देशव्यापी वृक्षारोपणमा सहभागी हुन नेकपाको आह्वान « Khabarhub

देशव्यापी वृक्षारोपणमा सहभागी हुन नेकपाको आह्वान


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर आगामी असार १४ गते देशव्यापी वृक्षारोपण गर्ने भएको छ ।

नेकपाले विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्ष २०७६/०७७ लाई वृक्षारोपण वर्षका रुपमा मनाउने समेत निर्णय गरेको छ । हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसका रुपमा मनाइने निर्णय गरिएको नेकपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सरकारले हरेक असार १४ गतेका दिन राष्ट्रव्यापी वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने समेत जनाइएको छ । जलवायु परिवर्तन र विश्वमा तापक्रम वृद्धिले प्रतिकूल प्रभाव सिर्जना भइरहेको भन्दै नेकपाले वृक्षारोपण अभियानमा सवैलाई साथ दिन आह्वान गरेको छ ।

त्यस्तै, नेकपाले आफ्ना कार्यकर्ता तथा शुभचिन्तकलाई आफ्ना घर जग्गा वा सार्वजनिक जग्गामा न्यूनतम २ वटा बिरुवा रोप्न, रोपिएका विरुवाको हेरचाह गर्न र यो अभियानलाई सफल बनाउन आह्वान गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ८ : ४१ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र