कानूनको नजरमा सबै नागरिक समानः महानिरीक्षक खनाल « Khabarhub

कानूनको नजरमा सबै नागरिक समानः महानिरीक्षक खनाल


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानून र कानून कार्यान्वयनको क्रममा प्रहरीको हेराइमा सबै नागरिक समान रहेको बताएका छन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार प्रहरी प्रधान कार्यालयमा भएको ‘प्रहरीसँग एक दिन’ कार्यक्रममा उनले कानूनको नजरमा सबै नागरिक बराबर भएको बताएका हुन्।

महानिरीक्षक खनालले शिक्षाको गुणस्तर राम्रो बनाउन र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी, विद्यालय र समाज एकसाथ मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरे। उनले भूकम्प, प्राकृतिक प्रकोप, सडक सुरक्षालगायतका सुरक्षामा स्कुललेसमेत सामान्य नियम बनाइ लागू गर्नुपर्ने बताए । प्रहरी सबै नागरिकको साझा सङ्गठन हो भन्ने भावना जागृत हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा काठमाडौँ उपत्यकाका ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वर, हिमरश्मी हाइस्कुल बालाजु, जोसेफ हाइस्कुल कपन, काभ्या स्कुल बानेश्वर, नन्दी स्कुल नारायणचौर नक्साल, श्री शान्ति विद्यागृह लैनचौर, युलैन्स स्कुल खुमलटार र सेन्ट जेभियर्स स्कुल जावलाखेलका प्रधानाध्यापक, शिक्षक एवं विद्यार्थीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ८ : ५३ बजे

मनिष झाको कटाक्ष : हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने, यस्तो आलोकाँचो राजनीति नगर्नू

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सशक्त राजनीति गर्ने

विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री रञ्जु दर्सनाले पनि उम्मेदवारी फिर्ता

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश