बिहान खाली पेटमा लसुन खानुका पाँच फाइदा यस्ता छन् « Khabarhub

बिहान खाली पेटमा लसुन खानुका पाँच फाइदा यस्ता छन्


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हाम्रो तरकारी स्वादिलो बनाउन हामी लसुनको प्रयोग त गरिरहेका हुन्छौँ । तर, यसको औषधीय गुणका विषयमा धेरैलाई थाहा नहुन पनि सक्छ ।

आयुर्वेदले त लसुनलाई औषधी नै मानेको छ । बिहान खाली पेटमा लसुन खाँदा झन् धेरै फाइदा हुन्छ । खाली पेटमा लसुन खानुका पाँच फाइदा यस्ता छन्-

उच्च रक्तचापबाट छुटकारा

विहान खाली पेटमा एक पोटी लसुन खाँदा उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्धत पुग्छ । लसुनले हाम्रो रगतको सर्कुलेसनलाई नियन्त्रणमा राख्न सहयोग गर्छ ।

पेटका बिमारी हटाउन

लसुन खानाले उच्च रक्तचापबाट छुटकारा पाउने मात्र होइन, पेटसँग जोडिएका समस्याहरु समाधानमा पनि ठूलो सहयोग पुग्छ । त्यसको रोकथामका लागि लसुन अत्यन्त उपयोगी मानिन्छ । पानी उमालेर त्यसमा लसुनको पोटी हालेर खाली पेटमा खाँदा झाडापखालाबाट पनि छुटकारा पाइन्छ ।

मुटु हुन्छ स्वस्थ

लसुनले मुटुसँग सम्बन्धित समस्यालाई पनि हटाउँछ । लसुन खानाले हाम्रो रगत जम्ने समस्याबाट छुटकारा मिल्छ र हृदयघात हुने सम्भावना पनि कम हुन्छ ।

पाचन प्रणाली हुन्छ बलियो

खाली पेटमा लसुनको पोटी खानाले हाम्रो पाचन प्रणालीमा निकै सुधार हुन्छ । यसले भोक नलाग्नेहरुलाई पनि भोक जगाउँछ ।

धेरै रोगको निवारण

लसुन खाली पेटमा खानाले चिसो, खोकी, निमोनिया, ब्रोकाइन्टिसलगायतका समस्याबाट पनि हामीलाई मुक्ति मिल्छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ५ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै