गोलभेडाले जोगाउँछ यस्ता पाँच किसिमका क्यान्सर हुनबाट « Khabarhub

गोलभेडाले जोगाउँछ यस्ता पाँच किसिमका क्यान्सर हुनबाट


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोलभेडा हामीले दैनिक भान्सामा प्रयोग गर्दै आएका छौं । तरकारी र अचारका रुपमा प्रयोग गर्दै आएको गोलभेडामा औषधीय गुण हुन्छ भन्ने विषयमा धेरैलाई थाहा नहुन पनि सक्छ ।

गोलभेडा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले एउटा मात्र फाइदा होइन, पाँच विभिन्न किसिमका क्यान्सरबाट बचाउन सहयोग गर्ने अध्ययनले देखाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ एग्रिकल्चरलाई मान्ने हो भने १०० ग्राम टमाटारमा ११० मिलिग्राम क्याल्सियम हुन्छ ।

अनुसन्धानकर्ताले भनेका छन् कि टमाटर धेरै खाँदा क्याल्सियम र भिटामिन हाम्रो शरिरलाई मिल्छ नै त्यसबाहेक प्रोस्टेट, ओभरी, फोक्सो, पेट तथा हड्डीको क्यान्सरबाट बच्न पनि गोलभेडा अर्थात टमाटर फलदायी हुन्छ ।

गोलभेंडामा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी१, बी३, बी५, बी६, बी७, पोटासियम, फोलिट, आईरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस जस्ता शरीरका लागि आवश्यक भिटामिन र खनिज पदार्थ पाइन्छ ।

दैनिक गोलभेंडा खाने व्यक्तिमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशतले कमी हुन्छ भने गोलभेडाले पत्थरीको समस्या समेत समाधान गर्न मद्दत पुग्छ ।

त्यस्तै, गोलभेंडा खाँदा यसमा पाइने भिटामिन के का कारणले कपाल बलियो हुन्छ । चमकदार, सिल्की र लामो हुनुका साथै कपाल झर्ने समस्यामा पनि कम गर्छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ५ : ५९ बजे

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)