दम, मिर्गौला र मुटुरोगी नेपाली बढे « Khabarhub

दम, मिर्गौला र मुटुरोगी नेपाली बढे


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा नसर्ने रोगमध्ये सबैभन्दा बढी श्वासप्रश्वास अर्थात् दीर्घ दमरोगका बिरामी रहेको देखाएको छ । एक अध्ययन अनुसार सय जनामा छ जना मानिस दमका रोगी देखिएका छन् भने त्यसपछि मिर्गौला, मधुमेहलगायतका रोग देखा परेको पाइएको छ। श्वासप्रश्वासपछि दीर्घ मिर्गौला रोगी, मधुमेह र मुटुरोग देखा परेको अध्ययनले देखाएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ३ वर्ष लगाएर नेपालका ७२ जिल्लामा अनुसन्धान गरेको थियो । परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले नसर्ने मुख्य रोगमध्ये सबैभन्दा बढी दीर्घ दमरोग देखिएको जानकारी दिए । धिमालका अनुसार दमपछि मधुमेह, दीर्घ मिर्गौला रोग र मुटुरोग पनि समस्याका रूपमा देखा परेका छन् ।

परिषद्ले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार सबैभन्दा बढी रोगी दमको भएको निष्कर्षसँगै तथ्याङ्क पनि दिइएको छ । प्राप्त तथ्याङ्कअनुसार २० वर्षदेखि ३९ वर्षसम्म छ दशमलव सात प्रतिशतमा दीर्घ दमरोग रहेको छ । यस्तै ४० देखि ५९ वर्ष समूहका मानिसमा १०.५ प्रतिशत जनसङ्ख्यामा दमरोग छ । ६० वर्षभन्दा माथिको जनसङ्ख्यामा भने २१.५ प्रतिशतमा दमरोग देखिएको छ । नेपालमा मधुमेहका रोगी पनि बढेका छन् ।

परिषद्का अध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले ८.५ प्रतिशत जनसङ्ख्यामा मधुमेह (चिनीरोग) देखिएको बताए । परिषद्का अनुसार नेपालमा मिर्गौला रोगी पनि बढेका छन् । तथ्याङ्कअनुसार पुरुषमा ६.५ प्रतिशत र महिलामा ५.७ प्रतिशत दीर्घ मिर्गौला रोगका बिरामी देखिएका छन् ।

मिर्गौलाका रोगी सबैभन्दा बढी गण्डकी प्रदेशमा ६‍.८ प्रतिशत छन् । प्रदेश २ मा ६.७ प्रतिशत मिर्गौला रोगी छन् । मिर्गौला रोगी सहरमा ६.५ र ग्रामीण क्षेत्रमा ५.६ प्रतिशत छन् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ७ : २३ बजे

अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय

एजेन्सी– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा

माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने

सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान 

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका

महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा

जलेश्वर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री