दम, मिर्गौला र मुटुरोगी नेपाली बढे « Khabarhub

दम, मिर्गौला र मुटुरोगी नेपाली बढे


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा नसर्ने रोगमध्ये सबैभन्दा बढी श्वासप्रश्वास अर्थात् दीर्घ दमरोगका बिरामी रहेको देखाएको छ । एक अध्ययन अनुसार सय जनामा छ जना मानिस दमका रोगी देखिएका छन् भने त्यसपछि मिर्गौला, मधुमेहलगायतका रोग देखा परेको पाइएको छ। श्वासप्रश्वासपछि दीर्घ मिर्गौला रोगी, मधुमेह र मुटुरोग देखा परेको अध्ययनले देखाएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ३ वर्ष लगाएर नेपालका ७२ जिल्लामा अनुसन्धान गरेको थियो । परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले नसर्ने मुख्य रोगमध्ये सबैभन्दा बढी दीर्घ दमरोग देखिएको जानकारी दिए । धिमालका अनुसार दमपछि मधुमेह, दीर्घ मिर्गौला रोग र मुटुरोग पनि समस्याका रूपमा देखा परेका छन् ।

परिषद्ले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार सबैभन्दा बढी रोगी दमको भएको निष्कर्षसँगै तथ्याङ्क पनि दिइएको छ । प्राप्त तथ्याङ्कअनुसार २० वर्षदेखि ३९ वर्षसम्म छ दशमलव सात प्रतिशतमा दीर्घ दमरोग रहेको छ । यस्तै ४० देखि ५९ वर्ष समूहका मानिसमा १०.५ प्रतिशत जनसङ्ख्यामा दमरोग छ । ६० वर्षभन्दा माथिको जनसङ्ख्यामा भने २१.५ प्रतिशतमा दमरोग देखिएको छ । नेपालमा मधुमेहका रोगी पनि बढेका छन् ।

परिषद्का अध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले ८.५ प्रतिशत जनसङ्ख्यामा मधुमेह (चिनीरोग) देखिएको बताए । परिषद्का अनुसार नेपालमा मिर्गौला रोगी पनि बढेका छन् । तथ्याङ्कअनुसार पुरुषमा ६.५ प्रतिशत र महिलामा ५.७ प्रतिशत दीर्घ मिर्गौला रोगका बिरामी देखिएका छन् ।

मिर्गौलाका रोगी सबैभन्दा बढी गण्डकी प्रदेशमा ६‍.८ प्रतिशत छन् । प्रदेश २ मा ६.७ प्रतिशत मिर्गौला रोगी छन् । मिर्गौला रोगी सहरमा ६.५ र ग्रामीण क्षेत्रमा ५.६ प्रतिशत छन् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ७ : २३ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन