कतारको ग्लोबल क्वालिफायर यात्रा समाप्त « Khabarhub

कतारको ग्लोबल क्वालिफायर यात्रा समाप्त


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट एसिया छनोटको फाइनलमा तेस्रो हार व्येहोरेसँगै कतार ग्लोबल क्वालिफायर पुग्ने लक्ष्यबाट टाढिएको छ ।

शुक्रबार भएको खेलमा कुवेतसँग पराजित भएको कतारले ३ खेलबाट २ अंक जोडे पनि उसको यात्रा एसियाली छनोटमै सिमित भएको हो ।

पहिलो खेलमा सिंगापुरसंग पराजित भएको कतारले दोस्रो खेलमा नेपाललाई हराएको थियो । कुबेतले दिएको १ सय ९८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको कतारले निर्धारित २० ओभरमा पुरा खेल्दै ५ विकेट गुमाएर १ सय ८७ रन मात्र बनाउन सकेपछि कुबेत १० रनले विजयी भएको हो ।

कतारका कप्तान तामोर साजजादले नटआउट ४६, नौमन सरवारले ३४ तथा ईनाम उल हकले २८ रन बनाएपनि टोलीको जितमा पर्याप्त भएन् । फैसल जाभेदले २४ र महम्मद तानचीरले १६ रन बनाए ।

कुबेतका सिराज खान र जान्दु हामोउदले समान २ तथा महम्मद अस्लमले एक विकेट लिए । यसअघि सिंगापुरको ईण्डियन एसोसिएसनको खेल मैदानमा टस जितेको कतारले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको कुबेतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ९७ रनको उच्च योगफल तयार पारेको थियो ।

अदनान ईद्रेसले सर्बाधिक ५६ रन बनाएको कुबेतका लागि कप्तान महम्मद कासिफले ४३ र मेट भाभसारले ३५ रनको योगदान गरे । उस्मान वाहिद २८ रनमा अबिजित रहे ।

कतारका ईकवाल हुसैन र नौमन सरवारले समान २ तथा ईनाम उल हक र महम्मद नादिमले समान एक विकेट हात पारे । कुबेतको ३ खेलबाट ३ अंक भएको छ । यस्तै पराजित कुवेतले भाेली नेपालसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १० : ५२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित