‘दूबो फुल्यो’ गीत- संगीत चोरीको लफडा मिल्यो, आलोकले लिएनन् क्षतिपूर्ति « Khabarhub

‘दूबो फुल्यो’ गीत- संगीत चोरीको लफडा मिल्यो, आलोकले लिएनन् क्षतिपूर्ति


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘कबड्डी ३’ मा समावेश ‘दूबो फूल्यो’ बोलको गीतमा एसडी योगीले संगीत दिएका थिए । गीत रिलिजको भोलिपल्टै यो गीत ‘फोटो सिरानीमा’ बाट चोरिएको आरोप लाग्यो । आलोक श्रीले यो गीतको संगीत आफूले संगीत दिएको गीत ‘फोटो सिरानीमा’ सँग मिल्न गएको बताएका थिए ।

गीतको संगीत चोरिएकाले आफूले कानूनी उपचारसमेत खोज्ने आलोकले बताएका थिए । तर, छलफलपछि आलोक श्रीले गीतको क्षतिपूर्ति विना नै आफ्नो गीत चोरिएको नभई संयोगवश मिल्न गएको भन्दै क्षतिपूर्ति नलिने भएका हुन् ।

फिल्म निर्माण टिम र आलोक श्रीबीच पटकपटक छलफल भएपछि यस्तो सहमति भएको हो । ‘दूबो फुल्यो’ गीतका संगीतकार एसडी योगीले आलोक श्रीले चोरी गरिएको होइन भनेर स्वीकार गरेको बताए ।

‘उहाँले चोरी गरिएको होइन, केही अंश संयोगवश मिल्न गएको हो भन्नुभयो,’ योगीले भने । पहिले आलोक श्रीको नाम विशेष धन्यवादमा राख्ने भनिए पनि पछि उनले नाम पनि राख्न नपर्ने जनाएको उनले बताए ।

उनले भने, ‘उहाँले त उजुरी पनि दिनुभएको थियो रे, पछि शायद चोरी होइन भन्ने लाग्यो होला, सहमतिमा कुरा मिल्यो ।’

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १ : ०८ बजे

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका