‘पूर्वराजा ज्ञानेन्द्र र ‘रअ’ प्रमुखबीच भेटवार्ता भएको छैन’ « Khabarhub

‘पूर्वराजा ज्ञानेन्द्र र ‘रअ’ प्रमुखबीच भेटवार्ता भएको छैन’


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखले प्रधानमन्त्री, विभिन्न दलका नेता र पूर्व राजासँग भेटवार्ता गरेको समाचार केही दिन देखि विभिन्न सञ्चारमाध्यमहरु आइरहका छन् ।

विहीवार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले ‘रअ’ प्रमुखलाई नभेटेको बताएका थिए ।

यसैबीच पूर्व राजाका निजी सचिव डा. फणिराज पाठकले पनि पूर्व राजा ज्ञानेन्द्र शाह र रअ प्रमुख बीच भेटघाट भएको भन्ने समाचारप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा एक संक्षिप्त विज्ञप्ति राख्दै पाठकले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई भेटेको भनी केही अनलाइन पत्रिकामा छापिएका खबर पूर्णतया झुटो भएको बताएका हुन् ।

‘यस्ता कपोलकल्पित, मनगढन्त र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार संप्रेषण गरेर पत्रकारिताको धर्म र समाज प्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु ’ पूर्व राजाका सचिब पाठले विज्ञप्तिमा जनाएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १० : ०७ बजे

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्यांको प्रारम्भिक

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

काठमाडौं- सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा)– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट

लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण