नेकपाले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको छ– प्रचण्ड « Khabarhub

नेकपाले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको छ– प्रचण्ड


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारा अघि सारेको स्पष्ट पारेका छन् ।

अध्यक्ष प्रचण्डले सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘एशिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा’ को दुई दिने सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले समाजवाद निर्माणका लागि क्युवाको कम्युनिष्ट पार्टीले खेलेको भूमिकाको खुलेर प्रशंशा गरे ।

क्युबा एउटा राष्ट्र मात्रै नभएर विश्वका कम्युनिष्टहरुको आर्दश भूमि पनि भएकाले त्यसबाट सिकेर विश्वका कम्युनिष्ट पार्टीहरुले आफूलाई अघि बढाएको प्रचण्डको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले क्यूवाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाई विश्वभरकै कम्युनिष्टहरुका लागि आर्दश बनिरहने उल्लेख गरे ।

प्रचण्डले आफ्नो पार्टी नेकपाले पनि जनताको विश्वास जितेर दुई तिहाई बहुमतको बलियो सरकार बनाएको उल्लेख गर्दै अव समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १ : ३५ बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ