कसरी सुमधुर बनाउने वैवाहिक जीवन ? « Khabarhub

कसरी सुमधुर बनाउने वैवाहिक जीवन ?


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वैवाहिक जीवनलाई समुधुर बनाएर अघि बढाउनु सामान्य कुरा होइन । मागी विवाहमा विवाहअघि चिनजान नभएका दुई जनाबीच त झन् यो विषय गम्भीर बन्न पुग्छ भने प्रेम विवाहमा पनि विवाह पछिको जीवन सुमधुर बनाउन सकस परेको देखिन्छ ।

त्यसका लाई पति पत्नीले केही सामान्य कुरालाई ध्यान दिन जरुरी हुन्छ । यसो गर्न सकियो भने पति पत्नीबीचको सम्बन्धमा खास कुनै समस्या देखा पर्दैन । त्यसका लागि केही उपाय हामीले यहाँ प्रस्तुत गरेका छौं ।

यी उपाय हामीले विभिन्न अध्ययन अनुसन्धान र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका समाचारलाई आधार बनाएर यी उपाय खोजी गरेका छौं ।

विवाहपछि पति पत्नीबीच विवाद झगडा सामान्य कुरा हुन् । यस्तो समयमा विवाद समाधान तर्फ अघि बढ्न जरुरी हुन्छ । यसको समाधानका लागि प्रेम पूर्वक सम्झाउनु पर्छ ।

श्रीमान् श्रीमती बेडरुम वा एकान्तमा हुँदा केवल एक अर्काको कुरा गर्नुपर्छ । यस्तो अवस्थामा तेस्रो व्यक्तिको कुरा गर्नु उपयुक्त हुँदैन र यस्तो कुराकानीले पति पत्नीबीचमा समस्या उत्पन्न गराउँछ ।

सुखी र सुमधुर वैवाहिक जीवनका लागि पार्टनर रिसाएको बेलामा अर्को पक्ष शान्त रहनुपर्छ । एक जना रिसाएको बेलामा अर्को जनापनि रिसाउँदा अवस्था विग्रन जान्छ त्यसैले यस्तो बेलामा सचेत हुन जरुरी हुन्छ ।

कुनै पनि कुरामा चित्त नबुझ्दा जीवनसाथीसँग प्रेम पूर्वक प्रस्तुत हुनुहोस् । तपाईले प्रयोग गर्ने भाषा र हाउभाउले गर्दापनि कहिलेकाही समस्या उत्पन्न हुन जान्छ । शान्त भावले प्रेमपूर्वक आफ्नो कुरा राख्नु भयो भने नजिकिएको झगडा पनि विस्तारै मत्थर हुँदै जान्छ ।

प्रशंसा सबैलाई मन पर्छ, जीवनसाथीले गरेको प्रशंसा त अझ विशेष हुन्छ । श्रीमान श्रीमती दुवैले हरेक दिन एकअर्काका लागि कम्तीमा पनि एउटा राम्रो कुरा अथवा प्रशंसात्मक कुरा गर्दा दाम्पत्य जीवनमा त्यसको सकारात्मक प्रभाव पर्छ, आपसी प्रेम वृद्धि हुन्छ ।

कतिपय व्यक्ति अफिसको तनाव घर लिएर जान्छन् । यस्तो परिस्थितिमा जीवनसाथीले तनाव हटाउने प्रयास गर्नुपर्छ । तनावको कारण बुझेर त्यसलाई कसरी हटाउन सकिन्छ भन्ने उपायको खोजी गर्न सकिन्छ भनेर राम्रो सल्लाहकारको भूमिका निर्वाह गर्नुपर्छ । यस्तो कुराले वैवाहिक जीवनमा सुखशान्ति एवं प्रेम बढाउने काम गर्छ ।

जीवनसाथीबाट विगतमा कुनै गल्ती भएको छ भने त्यसलाई वर्तमान समयमा बारम्बार उल्लेख गरिरहनु हुँदैन । पूरा गल्ती कमी कमजोरीलाई बारम्बार सम्झाउँदा त्यसले समस्यालाई थप विकराल बनाउँछ र दुई जनाबीचको सम्बन्धमा पनि दरार आउने सम्भावना बन्न जान्छ ।

त्यसैले पूराना गल्ती र कमी कमजोरीबाट पाठ सिक्दै त्यसलाई भुल्दै नयाँ भविष्यका लागि प्रमेमपूर्वक अघि बढ्नु आवश्यक छ । यसो गर्न सकियो भने पति पत्नीबीचको समय सुखमय र प्रेमपूर्वक बित्न सक्छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  २ : ०६ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना