आठ जना पुर्पक्षका लागि कारागार चलान « Khabarhub

आठ जना पुर्पक्षका लागि कारागार चलान


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– भारतको लुधियाना पञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली कारागार चलान गरिएको छ ।

गत वैशाख २८ गते भएको यो चोरीको घटनामा संलग्न कुमार भन्ने सुरेन्द्र भुल, मानबहादुर कार्की, सन्तोष भट्टराई र शङ्कर भन्ने मानबहादुर लुहारलाई जिल्ला अदालत कैलालीको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

अदालतले रु एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएकामा धरौटी बुझाउन नसकेका सोही घटनामा संलग्न योगेन्द्र विक, गणेश विक, ध्वजबहादुर विक र पुस्कर भुललाई पनि कारागार पठाइएको छ ।

चोरीमा संलग्न अर्का सिद्ध विकलाई साधारण तारेखमा छोडिएको छ । कान्छु सुनार भन्ने रवीन्द्र सोब, योगेन्द्र विक, सुरेन्द्र विक र नरेश सिजापतिले धरौटी बुझाएकामा यी व्यक्तिउपर थप अनुसन्धानका लागि आज राजश्व अनुसन्धान विभाग कोहलपुर पठाइएको छ ।

राज पार्कीलाई विषादी सेवन गराई बेहोस पारेर निज नन्दकिशोरको घरबाट नगद र धनमाल चोरी गरी यी व्यक्तिहरु भारतको लखिमपुर र कञ्चनपुरको पुनर्वास हुँदै नेपाल प्रवेश गरेको जनाइएको छ । यो घटनमा संलग्न अमन जोशी, कुमार भुल लगायतका थप तीन जना फरार रहेका छन् ।

चोरी गर्दा विषादी सेवन गराइएका राज पार्कीको जाहेरीमा उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो । जाहेरीपछि विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरिएको हो । “यो मुद्दामा कारागार चलान हुनेमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ल्लाका व्यक्ति रहेका छन्”, प्रवक्ता बस्नेतले भने, “सुदूरपश्चिममा यस्तो विषय धेरै जटिल भइसक्यो ।”

नन्दकिशोरको घरबाट एक करोडभन्दा बढी मूल्य बरावरको धनमाल चोरी गरिएको जनाइएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन ‘इन्टरपोल‘ मार्फत आग्रह गरिएको जनाइएको छ ।

यसैबीच धनगढी उपमहानगरपालिका–२ का विद्या केसीले घाँटीमा लगाएको सुनको सिक्री जबर्जस्ती चोरी गरी लगेको आरोपमा सोही ठाउँका रामराजा शाहलाई बिहीबार पक्राउ गरिएको छ ।

यस्तै लागुऔषध ब्राउन सुगर मुद्दामा केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालय परिसरबाट हतकडीसहित फरार भएका लम्की चुहा नगरपालिकाका विक्रम चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनी असार २५ गते वकिल कार्यालय परिसरबाटै हतकडीसहित फरार भएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  २ : १० बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा