यी नेपाली सेलिब्रेटी, जसले बिहे पनि गरे, ‘डिभोर्स’ पनि गरे « Khabarhub

यी नेपाली सेलिब्रेटी, जसले बिहे पनि गरे, ‘डिभोर्स’ पनि गरे


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेलिब्रेटीहरु प्रेम सम्बन्धमा रहेको र छिट्टै नै उनीहरुको प्रेम टुङ्गिएको समाचारहरु त बारम्बार आउने गर्छन् । यतिबेला देवांश राणासँग प्रेममा रहेकी साम्राज्ञी कुनै समय मयंक खड्कासँगको प्रेमका कारण चर्चामा थिइन् ।

आँचल शर्मा र पल शाह पनि प्रेम सम्बन्धमा रहेको खबर आइरहेको थियो पहिले । तर, केही दिन यता यी दुईको ब्रेकअप भएको गाइँगुइँ चल्न थालेको छ । यस्ता गसिप त फिल्मी क्षेत्रमा सामान्य भइसकेका छन् । यहाँ भने हामीले प्रेमको हैन, बिहे भएर पनि डिभोर्स भएका केही सेलिब्रेटीलाई जोड्न खोजेका छौँ ।

शिल्पा पोखरेल

नायिका शिल्पा पोखरेल यतिबेला चर्चामा छिन् । किनभने उनले हालै छविराज ओझासँग डिभोर्स दिने चर्चा थियो । छविराज ओझासँग त अझै डिभोर्स भएको छैन तर ओझाका अनुसार शिल्पाको छविसँग बिहे हुनुअघि नै एउटा बिहे भएको थियो । र, डिभोर्स पनि भएको थियो ।

छविराज ओझा र रेखा थापा

नायिका रेखा थापाले आफ्ना पति छविराज ओझासँग झण्डै १२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएर डिभोर्स गरेकी थिइन् । त्यसपछि भने रेखा एक्लै छिन् । कुनै बेला नेपाली फिल्म क्षेत्रमा एकछत्र राज गरेकी रेखाले छविराज ओझासँग बिहे गरेकी थिइन् ।

यता छविराज ओझाले भने रेखासँग पारपाचुके भएपछि शिल्पा पोखरेलसँग बिहे गरेका थिए । यी दुईले बिहे गरेर पनि लामो समयसम्म बिहेबारे केही कुरा पनि बाहिर चुहाएनन् । अहिले यी दुवै डिभोर्सको प्रक्रियामा छन् । केही हप्ता अघि मात्र आफू घरेलु हिंसामा परेको भन्दै शिल्पाले छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

निखिल उप्रेती र सञ्चिता लुइँटेल

अभिनेता निखिल उप्रेतीले पनि दोस्रो बिहे गरेका छन् । उनले नायिका सञ्चिता लुइँटेलसँग दोस्रो बिहे गरेका थिए । अहिले निखिल र सञ्चिताले आफ्नो जीवन खुशीसाथ बिताइरहेका छन् ।

रीमा विश्वकर्मा

नायिका रीमा विश्वकर्मा मोडलिङ तथा फिल्मी दुनियाँमा रमाउँदा रमाउँदै अस्ट्रेलियामा बस्दै आएका रोबर्ट विश्वकर्मासँग बिहे गरेकी थिइन् । बिहे भएको केही वर्षमै यी दुईको कानूनी रुपमा डिभोर्स भयो ।

प्रियंका कार्की

नायिका प्रियंका कार्की सधै चर्चामा रहिरहने अभिनेत्री हुन् । उनले रोचक मैनालीसँग बिहे गरेकी थिइन् । अमेरिकामा पढ्दै गर्दा प्रियंकाले अमेरिकामै इन्जिनियरिङ गर्दै गरेका रोचक मैनालीसँग बिहे गरेकी थिइन् । तर पछि उनको रोचकसँग डिभोर्स भयो । अहिले उनी आयुष्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा छिन् । यी दुईको बिहे हुने चर्चा छ ।

मौसमी मल्ल

एक जमानाकी चर्चित नायिका मौसमी मल्लले चलचित्र ‘कान्छी’ बाट चलचित्रमा अभिनय थालेकी थिइन् । उनले धनविक्रम मल्लसँग बिहे गरेका थिइन् । तर, उनको वैवाहिक जीवन पनि लामो समय टिकेन ।

अञ्जु पन्त

गायिका अञ्जु पन्तले गायक तथा संगीतकार मनोजराजसँग बिहे गरेकी थिइन् । तर, उनको बिहेपछिको सम्बन्ध खासै सुमधुर हुन सकेन । यी दुईले झण्डै १० वर्षको आफ्नो सम्बन्धपछि डिभोर्स गरे ।

भुवन केसी

अभिनेता भुवन केसी त झन् करिअर नै कन्ट्रोभर्सीका कारणले सकिएको भनेर पनि भन्ने गरिन्छ । भुवन केसीले नायिका सुस्मिता बम्जनसँग बिहे गरेका थिए । तर यी दुईको वैवाहिक सम्बन्ध जीवनभरका लागि हुन सकेन ।

यस्तै शिव श्रेष्ठ र गंगा श्रेष्ठ, गौरी मल्ल र प्रज्वल भण्डारी, अरुणिमा लम्साल र अमित अर्याल, झरना बज्राचार्य, मिलन अमात्य र मेन्सन अमात्य लगायत कैयन् सेलिब्रेटीको पनि डिभोर्स भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  २ : ३९ बजे

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट