यी नेपाली सेलिब्रेटी, जसले बिहे पनि गरे, ‘डिभोर्स’ पनि गरे « Khabarhub

यी नेपाली सेलिब्रेटी, जसले बिहे पनि गरे, ‘डिभोर्स’ पनि गरे


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेलिब्रेटीहरु प्रेम सम्बन्धमा रहेको र छिट्टै नै उनीहरुको प्रेम टुङ्गिएको समाचारहरु त बारम्बार आउने गर्छन् । यतिबेला देवांश राणासँग प्रेममा रहेकी साम्राज्ञी कुनै समय मयंक खड्कासँगको प्रेमका कारण चर्चामा थिइन् ।

आँचल शर्मा र पल शाह पनि प्रेम सम्बन्धमा रहेको खबर आइरहेको थियो पहिले । तर, केही दिन यता यी दुईको ब्रेकअप भएको गाइँगुइँ चल्न थालेको छ । यस्ता गसिप त फिल्मी क्षेत्रमा सामान्य भइसकेका छन् । यहाँ भने हामीले प्रेमको हैन, बिहे भएर पनि डिभोर्स भएका केही सेलिब्रेटीलाई जोड्न खोजेका छौँ ।

शिल्पा पोखरेल

नायिका शिल्पा पोखरेल यतिबेला चर्चामा छिन् । किनभने उनले हालै छविराज ओझासँग डिभोर्स दिने चर्चा थियो । छविराज ओझासँग त अझै डिभोर्स भएको छैन तर ओझाका अनुसार शिल्पाको छविसँग बिहे हुनुअघि नै एउटा बिहे भएको थियो । र, डिभोर्स पनि भएको थियो ।

छविराज ओझा र रेखा थापा

नायिका रेखा थापाले आफ्ना पति छविराज ओझासँग झण्डै १२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएर डिभोर्स गरेकी थिइन् । त्यसपछि भने रेखा एक्लै छिन् । कुनै बेला नेपाली फिल्म क्षेत्रमा एकछत्र राज गरेकी रेखाले छविराज ओझासँग बिहे गरेकी थिइन् ।

यता छविराज ओझाले भने रेखासँग पारपाचुके भएपछि शिल्पा पोखरेलसँग बिहे गरेका थिए । यी दुईले बिहे गरेर पनि लामो समयसम्म बिहेबारे केही कुरा पनि बाहिर चुहाएनन् । अहिले यी दुवै डिभोर्सको प्रक्रियामा छन् । केही हप्ता अघि मात्र आफू घरेलु हिंसामा परेको भन्दै शिल्पाले छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

निखिल उप्रेती र सञ्चिता लुइँटेल

अभिनेता निखिल उप्रेतीले पनि दोस्रो बिहे गरेका छन् । उनले नायिका सञ्चिता लुइँटेलसँग दोस्रो बिहे गरेका थिए । अहिले निखिल र सञ्चिताले आफ्नो जीवन खुशीसाथ बिताइरहेका छन् ।

रीमा विश्वकर्मा

नायिका रीमा विश्वकर्मा मोडलिङ तथा फिल्मी दुनियाँमा रमाउँदा रमाउँदै अस्ट्रेलियामा बस्दै आएका रोबर्ट विश्वकर्मासँग बिहे गरेकी थिइन् । बिहे भएको केही वर्षमै यी दुईको कानूनी रुपमा डिभोर्स भयो ।

प्रियंका कार्की

नायिका प्रियंका कार्की सधै चर्चामा रहिरहने अभिनेत्री हुन् । उनले रोचक मैनालीसँग बिहे गरेकी थिइन् । अमेरिकामा पढ्दै गर्दा प्रियंकाले अमेरिकामै इन्जिनियरिङ गर्दै गरेका रोचक मैनालीसँग बिहे गरेकी थिइन् । तर पछि उनको रोचकसँग डिभोर्स भयो । अहिले उनी आयुष्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा छिन् । यी दुईको बिहे हुने चर्चा छ ।

मौसमी मल्ल

एक जमानाकी चर्चित नायिका मौसमी मल्लले चलचित्र ‘कान्छी’ बाट चलचित्रमा अभिनय थालेकी थिइन् । उनले धनविक्रम मल्लसँग बिहे गरेका थिइन् । तर, उनको वैवाहिक जीवन पनि लामो समय टिकेन ।

अञ्जु पन्त

गायिका अञ्जु पन्तले गायक तथा संगीतकार मनोजराजसँग बिहे गरेकी थिइन् । तर, उनको बिहेपछिको सम्बन्ध खासै सुमधुर हुन सकेन । यी दुईले झण्डै १० वर्षको आफ्नो सम्बन्धपछि डिभोर्स गरे ।

भुवन केसी

अभिनेता भुवन केसी त झन् करिअर नै कन्ट्रोभर्सीका कारणले सकिएको भनेर पनि भन्ने गरिन्छ । भुवन केसीले नायिका सुस्मिता बम्जनसँग बिहे गरेका थिए । तर यी दुईको वैवाहिक सम्बन्ध जीवनभरका लागि हुन सकेन ।

यस्तै शिव श्रेष्ठ र गंगा श्रेष्ठ, गौरी मल्ल र प्रज्वल भण्डारी, अरुणिमा लम्साल र अमित अर्याल, झरना बज्राचार्य, मिलन अमात्य र मेन्सन अमात्य लगायत कैयन् सेलिब्रेटीको पनि डिभोर्स भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  २ : ३९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना