काठमाडौंमा गाँजासहित बेपत्ता भएका व्यक्ति नुवाकोटबाट पक्राउ « Khabarhub

काठमाडौंमा गाँजासहित बेपत्ता भएका व्यक्ति नुवाकोटबाट पक्राउ


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले पक्राउ गर्न खोज्दा ३ किलो गाँजासहित भागेका एक व्यक्ति ५ दिनपछि पक्राउ परेका छन् ।

नुवाकोटको तारकेश्वर घर भइ काठमाडौंको बौद्ध बस्ने २९ वर्षी कृष्ण श्रेष्ठ साउन ५ गते काठमाडौं महानगरपालिका–९ गौशाला बसपार्कस्थित जनकपुर गेस्ट हाउमा ३ किलो गाँजासहित फेला परेका थिए ।

विशेष सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो । तर, आफूलाई पक्राउ गर्न प्रहरी आएको खबर पाएपछि श्रेष्ठ गाँजासहित भागेका थिए ।

तर, भागेको ५ दिनपछि शुक्रबार पक्राउ परेका छन् । श्रेष्ठलाई महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

स्थानीय प्रहरीसँगको समन्वयमा काठमाडौंबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई उनको घर (नुवाकोटको तार्केश्वर)बाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ३ : ०० बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी