सिंगापुरसँग मलेसिया पराजित हुँदा नेपाललाई फाइदा, यस्तो छ अंकगणित « Khabarhub

सिंगापुरसँग मलेसिया पराजित हुँदा नेपाललाई फाइदा, यस्तो छ अंकगणित


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टि–२० विश्वकप क्रिकेट एसिया फाइनलमा सिंगापुरले मलेसियालाई पराजित गरेसँगै नेपाललाई दोस्रो चरण प्रवेशका लागि सहज हुने भएको छ ।

सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउण्डमा भएको खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यो जितसँगै सिंगापुरले ३ खेलबाट ५ अंक जोडेको छ भने उसले अब नेपालसँगको एक खेल मात्रै बाँकी छ ।

घरेलु टोलीसँग पराजित भएसँगै मलेसिया विश्वकप छनोटबाट बाहिरिएको छ । आजै भएको अर्को खेलमा पराजित भएको कतार पनि छनोटबाट बाहिरिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेलेका २ खेलमा एक खेलमा जीत्दै २ अंक जोडेको छ । अब नेपालले घरेलु टोली सिंगापुर र कुवेतसँग खेल्न बाँकी छ । ३ खेलबाट ३ अंक जोड्न सफल कुवेतसँग नेपाली टोलीले शनिबार प्रतिस्पर्धा गर्दैछ भने छनोटको अन्तिम खेल सिंगापुरसँग आइतबार खेल्नेछ ।

यस्तै, २ टोली प्रतियोगिताबाट बाहिरि रहँदा नेपालले भने बाँकी दुई खेल जीत्नै पर्ने देखिएको छ । २ अंकमात्रै रहेको नेपालले शनिबार कुवेतलाई पराजित गर्न सके ४ अंक जोड्ने छ भने सिंगापुरले ३ खेलबाट ५ अंक जोडिसकेको छ । त्यसैले नेपालले सि‌गापुरलाई उसकै घरेलु मैदानमा स्तब्ध पार्दै आफ्नो ग्लोबल क्वालिफायरको यात्रा तय गर्नु पर्नेछ ।

सिंगापुरमा यतिबेला मौसमी पानी परिरहेकाले मौसम बाधक बन्ने खतराका बीच २ खेलमध्ये एक खेल बर्षाले प्रभावित पारे पनि अर्को खेलमा जीत हात पार्न सके नेपाल रन रेटका आधारमा ग्लोबल क्वालिफायर पुग्नसक्छ ।

यसअघि नेपाल र मलेसियाबीचको खेल बर्षाका कारण ९ ओभरमा घटाइएको थियो । मौसमले असर नगरेर दुवै खेल्न पाए नेपालले दुवै खेल जीत्नै पर्ने हुन्छ । दुवै खेल जीत्न सके नेपालको स्वतः ६ अंक सहित प्रतियोगिताको शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ४ : ०९ बजे

पर्चा–पम्प्लेटले अस्तव्यस्त एमाले अधिवेशनस्थल भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका