चूरे संरक्षणलाई उच्च प्राथमिकतामा राखेको वन मन्त्रालयको दाबी « Khabarhub

चूरे संरक्षणलाई उच्च प्राथमिकतामा राखेको वन मन्त्रालयको दाबी


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले चूरे संरक्षणको कामलाई उच्च प्राथमिकता दिइएको दावी गरेको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले चुरे संरक्षणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएका हुन् । उनले ‘राष्ट्रपति चूरे संरक्षण कार्यक्रम’ को संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले आवश्यक नीतिगत, कानुनी र संरचना निर्माणको कामलाई पनि तीव्रता दिइरहेको बताए ।

राष्ट्रिय योजना आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रम उनले चूरे संरक्षणका लागि सरकारले वन ऐन र वातावरण ऐनलाई एक साथ कार्यान्वयनमा लगेको र जलवायु परिवर्तनसम्बन्धि कानुनलाई पनि कार्यान्वयनमा लैजाने गरी मन्त्रिपरिषदमा पेश गरिएका जानकारी दिए । सचिव ओलीले चुरे संरक्षणमा केही पनि काम नभएको भन्ने कुरा सत्य नभएको बताए ।

कार्यक्रममा विज्ञहरुले राष्ट्रपति चूरे संरक्षण कार्यक्रमका लागि आवश्यक बजेटको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयका वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक सन्तोष रायमाझीले चूरे संरक्षणका लागि बजेटको समेत अभाव भएको भन्दै सरकारको आलोचना गरे । सो कार्यक्रम गुरु योजना अनुसार अघि बढन नसकेको उनको भनाइ थियो ।

प्राध्यापक रायमाझीले चुरे संरक्षणका लागि छुट्टै कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ४ : ५० बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी