चूरे संरक्षणलाई उच्च प्राथमिकतामा राखेको वन मन्त्रालयको दाबी | Khabarhub Khabarhub

चूरे संरक्षणलाई उच्च प्राथमिकतामा राखेको वन मन्त्रालयको दाबी


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले चूरे संरक्षणको कामलाई उच्च प्राथमिकता दिइएको दावी गरेको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले चुरे संरक्षणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएका हुन् । उनले ‘राष्ट्रपति चूरे संरक्षण कार्यक्रम’ को संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले आवश्यक नीतिगत, कानुनी र संरचना निर्माणको कामलाई पनि तीव्रता दिइरहेको बताए ।

राष्ट्रिय योजना आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रम उनले चूरे संरक्षणका लागि सरकारले वन ऐन र वातावरण ऐनलाई एक साथ कार्यान्वयनमा लगेको र जलवायु परिवर्तनसम्बन्धि कानुनलाई पनि कार्यान्वयनमा लैजाने गरी मन्त्रिपरिषदमा पेश गरिएका जानकारी दिए । सचिव ओलीले चुरे संरक्षणमा केही पनि काम नभएको भन्ने कुरा सत्य नभएको बताए ।

कार्यक्रममा विज्ञहरुले राष्ट्रपति चूरे संरक्षण कार्यक्रमका लागि आवश्यक बजेटको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयका वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक सन्तोष रायमाझीले चूरे संरक्षणका लागि बजेटको समेत अभाव भएको भन्दै सरकारको आलोचना गरे । सो कार्यक्रम गुरु योजना अनुसार अघि बढन नसकेको उनको भनाइ थियो ।

प्राध्यापक रायमाझीले चुरे संरक्षणका लागि छुट्टै कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ४ : ५० बजे

बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमा घाँसको समस्या

तनहुँ– तनहुँको बन्दीपुरमा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयले २९ जिल्लामा

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा पूर्ववत सेवा प्रवाह

दाङ– गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा

घरेलु कार्यालय भोजपुरद्वारा ‘डिजिटल’ भुक्तानी सेवा थालनी

भोजपुर– भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको

इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग

झापा– गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको प्रदर्शनका

महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

काठमाडौं– कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग