ललितपुरमा पाँचै वटा फ्लाइओभर निर्माणको डिपीआर माघसम्म सकिने « Khabarhub

ललितपुरमा पाँचै वटा फ्लाइओभर निर्माणको डिपीआर माघसम्म सकिने


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ललितपुरमा निर्माण गरिने भनिएको ५ वटा फ्लाइ ओभरको सम्भाव्यता अध्ययन प्रतिवेदन आगामी माघको अन्त्यसम्म तयार हुने भएको छ ।

ललितपुर महानगरले फ्लाइओभरको सम्भाव्यता अध्ययन गत महिनादेखि नै सुरु गरिरहेको छ । हालसम्मको अध्ययन हेर्दा प्रस्तावित स्थानमा फ्लाइओभर बनाउन सम्भव दखिएको छ ।

महानगरले सम्भाव्यता अध्ययनको काममा भइरहेको प्रगतिबारे सम्भाव्यता अध्ययन ‘ग्रीड इन्डिको मटेरियल टेस्ट जेभी’ ले गरिरहेको छ । कम्पनीले हालसालै भइरहेका कामको जानकारी महानगरलाइ गराएको थियो ।

फ्लाइओभर अध्ययनका लागि गत वैशाख २७ गते सम्झौता भएको थियो । कम्पनीले ९ महिनाभित्रै प्रतिवेदन बुझाउने गरी अध्ययन अघि बढाइरहेको छ ।

पुलचोकदेखि कुपन्डोलसम्म, रिङरोडसँग ललितपुर महानगरपालिका क्रस हुने चोकमा इन्टरसेक्सन फ्लाइओभर, पुलचोकदेखि थापाथलीको बाग्मती पुलसम्म, चक्रपथको ग्वार्खो, एकान्तकुना र चापागाउँ जाने चोकमा फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको छ ।

माघसम्म सम्भाव्यता अध्ययन सकिएपछि विस्तृत डिजाइनको काम सुरु गरिने र छिट्टै फ्लाइओभर निर्माण थाल्ने महानगरले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ५ : ३० बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा