ललितपुरमा पाँचै वटा फ्लाइओभर निर्माणको डिपीआर माघसम्म सकिने | Khabarhub Khabarhub

ललितपुरमा पाँचै वटा फ्लाइओभर निर्माणको डिपीआर माघसम्म सकिने


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ललितपुरमा निर्माण गरिने भनिएको ५ वटा फ्लाइ ओभरको सम्भाव्यता अध्ययन प्रतिवेदन आगामी माघको अन्त्यसम्म तयार हुने भएको छ ।

ललितपुर महानगरले फ्लाइओभरको सम्भाव्यता अध्ययन गत महिनादेखि नै सुरु गरिरहेको छ । हालसम्मको अध्ययन हेर्दा प्रस्तावित स्थानमा फ्लाइओभर बनाउन सम्भव दखिएको छ ।

महानगरले सम्भाव्यता अध्ययनको काममा भइरहेको प्रगतिबारे सम्भाव्यता अध्ययन ‘ग्रीड इन्डिको मटेरियल टेस्ट जेभी’ ले गरिरहेको छ । कम्पनीले हालसालै भइरहेका कामको जानकारी महानगरलाइ गराएको थियो ।

फ्लाइओभर अध्ययनका लागि गत वैशाख २७ गते सम्झौता भएको थियो । कम्पनीले ९ महिनाभित्रै प्रतिवेदन बुझाउने गरी अध्ययन अघि बढाइरहेको छ ।

पुलचोकदेखि कुपन्डोलसम्म, रिङरोडसँग ललितपुर महानगरपालिका क्रस हुने चोकमा इन्टरसेक्सन फ्लाइओभर, पुलचोकदेखि थापाथलीको बाग्मती पुलसम्म, चक्रपथको ग्वार्खो, एकान्तकुना र चापागाउँ जाने चोकमा फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको छ ।

माघसम्म सम्भाव्यता अध्ययन सकिएपछि विस्तृत डिजाइनको काम सुरु गरिने र छिट्टै फ्लाइओभर निर्माण थाल्ने महानगरले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ५ : ३० बजे

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार