रविको वयान आज, के आउला अदालतको आदेश ? « Khabarhub

रविको वयान आज, के आउला अदालतको आदेश ?


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– ‘आत्महत्या दुरुत्साहन’ मुद्दाका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको वयान सोमबार(आज) हुने भएको छ ।

तीन जनामध्ये एक जना अस्मिता कार्कीको बयान आइतवार सकिए पनि रवि र युवराजको वयान भने समय अभाव भन्दै अदालतले आजको लागि सारेको थियो ।

आज वयान सकिएसँगै थुनछेक बहस शुरु हुनेछ । वयान नसकिएपछि हिजो उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको न्यायीक हिरासतमा राखिएको थियो ।

आइतवार प्रहरीले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै दुरुत्साहन मुद्दा चलाउन राय सहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । प्रहरी प्रतिवेदनको अध्यनपछि सरकारी वकिलले जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो ।

मुद्दा दर्ता भएपछि अदालते वयान लिन सुरु गरेको थियो । तर हिजो समय अभावका कारण अस्मिताको मात्र वयान सकिएका कारण रवि र युवराजको वयान आजका लागि सरेको थियो ।

वयानपछि थुनछेक वहस हुनेछ । जसमा साधारण तारेखमा छोड्ने, धरौटीमा छोड्ने वा थुनामै राखेर मुद्दाको पूपक्र्ष गर्ने फैसला अदालतले गर्ने छ ।

रविका समर्थक आन्दोलित

वयान नसकिएपछि पुन हिरासतमा पठाएपछि रविका समर्थक थप आन्दोलित बनेका छन् ।

आइतवार साँझ रविका समर्थकले प्रहरीमाथिसमेत आक्रमण गरेका थिए । उनीहको आर्कमणबाट ७ जना प्रहरी घाइते भएका थिए । प्रदर्शनकारीले सडकमा टायर बालेर एक गाडीमाथिसमेत तोडफोड गरेपछि प्रहरीले केही राउण्ड हवाइ फायर गरेको थिया ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ६ : ४९ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन