रविलाई १० बजे अदालत लगिँदै, चितवन बन्दको सामान्य प्रभाव, सुरक्षा व्यवस्था कडा « Khabarhub

रविलाई १० बजे अदालत लगिँदै, चितवन बन्दको सामान्य प्रभाव, सुरक्षा व्यवस्था कडा


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको भन्ने अभियोगमा आइतवार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको बयान लिने काम शुरु भएको छ ।

आइतवार अस्मिता कार्कीको बयान लिने काम सकिएको बताइएको छ भने सोमवार (आज) १० बजेबाट रवि लामिछाने र युवराज कँडेलको बयानको लागि अदालतमा उनीहरूलाई उपस्थित गराइने भएको छ ।

स्थानीय प्रशासनले जिल्ला अदालत आसपासका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ र पाँच जना भन्दा धेरै एकै ठाउँमा भेला हुन नपाइने सूचना जारी गरेको छ ।

प्रहरी चौकी र अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बयान सकिएपछि थुनछेकको बहस हुने छ । थुनछेकको बहस सकिएपछि उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश हुने छ।

उनीहरूलाई अनुसन्धानको लागि चितवन ल्याइएदेखि नै लामिछानेका समर्थकहरूले रिहाइको माग गर्दै प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि हुँदै आएका छन् ।

यसैबीच सोमवार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा घोषणा गरेको चितवन बन्दको त्यहाँ सामान्य प्रभाव परेको देखिएको छ। चितवनको राप्ती नगरपालिकामा उक्त दलले बनाएको प्रतीक्षालय प्रहरीले भत्काइदिएको विरोधमा चितवन बन्दको घोषणा गरिएको बताइएको छ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ३८ बजे

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल