हार्ट अट्याक हुने ८ कारण « Khabarhub

हार्ट अट्याक हुने ८ कारण


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हृदयघात अर्थात हार्ट अट्याकका कारण धेरैको अकालमै मृत्यु हुने गरेका छ । हार्ट अट्याक ५५ वर्ष भन्दा बढीका पुरुष र ६५ वर्ष भन्दा बढीका महिलालाई ह्दयाघातको खतरा बढी हुन्छ ।  हार्ट अट्याकको प्रमुख कारण धुम्रपानको सेवन र उच्च कोलेस्ट्रोल हुन् । मानसिक तनावका कारण पनि हार्ट अट्याकको जोखिम बढ्दै गएको पाइन्छ ।

९० प्रतिशत बिरामीमा हार्ट अट्याकको कारण पत्ता लगाउन सकिन्छ । धेरैजसो अवस्थामा १ भन्दा बढी कारणहरु संगै भएका पाइन्छन् ।

हार्ट अट्याकका अनेक कारणहरु मध्ये चुरोटको सेवन, उच्च कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप नै प्रमुख हुन् ।

हार्ट अट्याकको प्रमुख कारण यस्तो छ

धुम्रपानः धुम्रपानले हार्ट अट्याकको खतरा २ देखि ४ गुणा बढाउछ । सानै उमेरदेखि धुम्रपान गरेमा खतरा झन् बढी हुन्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल भएका व्यक्तिले चुरोट /बिडीको सेवन गरेमा हार्ट अट्याकको खतरा अत्यन्तै धेरै हुन्छ ।

उच्च कोलेस्ट्रोलः उच्च कोलेस्ट्रोलले हार्ट अट्याकको खतरा लगभग ३ गुणा बढाउँछ । कोलेस्ट्रोलको मात्रा रगतमा जति धेरैहुन्छ, हार्ट अट्याकको खतरा पनि त्यति नै बढी हुन्छ ।

मधुमेहः मधुमेहले हार्ट अट्याकको खतरा २ देखि ३ गुणा बढाउँछ । लामो समयदेखि मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ । मधुमेह रोगीमा रक्तचाप र कोलेस्ट्रोलको राम्रो नियन्त्रण नभएमा हार्ट अट्याकको खतरा झन बढी हुन्छ ।

उच्च रक्तचापः रक्तचापको नियन्त्रण नगरेमा हार्ट अट्याकको खतरा २ गुणा बढी हुन्छ ।

मोटोपनाः मोटोपना वा कम्मर वरिपरि धेरै बोसो भएमा हार्ट अट्याकको खतरा बढी हुन्छ ।

परिवारमा कसैलाई हार्ट अट्याक भएमा: आमाबुबा, दिदीबहिनी वा दाजुभाई कसैलाई कम उमेरमा हार्ट अट्याक भएको छ भने, अन्य सदस्यालाई पनि ह्दयाघात हुने खतरा बढी हुन्छ ।

अत्यधिक मदिराको सेवनः नियमित रुपमा अत्यधिक मदिराको सेवन गर्नु वा एक दिनमै धेरै मदिराको सेवनले पनि हार्ट अट्याक हुन्छ ।

डिप्रेसन वा मानसिक तनावः परिवार वा कार्यालयमा हुने तनावले हार्ट अट्याक हुनसक्छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ६ : ०७ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही