प्रचण्डको अध्यक्षतामा नेकपाको बैठक « Khabarhub

प्रचण्डको अध्यक्षतामा नेकपाको बैठक


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय वैठक शुरु भएको छ ।

सोमबार विहान ११ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकको अध्यक्षता पुष्पकमल दाहाल‘प्रचण्ड’ ले गरेका छन् ।

अर्का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि उपचारका लागि सिंगापुर गएको समयमा प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

यसअघि अध्यक्ष केपी ओलीले बैठक आह्वान गर्ने र अध्यक्षता गर्ने गरेकोमा सचिवालयले ओलीको अनुपस्थितिमा प्रचण्डले बैठक बोलाउन सक्ने र पार्टी एकताको बाँकी काम टुंग्याउने जिम्मेवारी दिएको थियो ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना भन्दा लामो समयमा प्रचण्डले पार्टी बैठकको अध्यक्षता गरेको पहिलो पटक हो ।

आजको बैठकमा बैठकमा पाँच वटा महानगर कमिटी, पाँच वटा केन्द्रीय निकायको नेतृत्व तथा सात वटा प्रवास क्षेत्रको नेतृत्व चयन गर्ने एजेण्डा छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ११ : ५७ बजे

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ