पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने


७ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)बीच सहकार्य हुने भएको छ ।

टिवानले आज आयोजना गरेको ‘नाट्टाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना’ प्रदान कार्यक्रममा नाट्टाका नवनिर्वाचित अध्यक्ष भरतजङ्ग पाण्डेले पर्यटन क्षेत्रको विकास र साझा समस्या समाधानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

उनले टिवान नाट्टाको एक अभिन्न अङ्ग भएकाले टिवान र नाट्टाको समस्या एउटै भएको बताए । ‘टिबान छुट्टै संस्था नभई हाम्रो आफ्नै परिवार हो । पर्यटन क्षेत्रका हरेक एजेन्डामा हामी एक भएर अगाडि बढ्नेछौँ,’ उनले भने ।

टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्यले पर्यटक बस र पर्यटन उद्योगमा धेरै समस्या भएकाले यस समस्या समाधानमा वर्तमान कार्यसमिति लाग्ने विश्वास व्यक्त गरे ।

नाट्टाका महासचिव राजकुमार देवकोटाले पर्यटक बसपार्कको समस्या टिवानको समस्यामात्र नभएर सारा पर्यटन क्षेत्रको समस्या भएकाले यसको समाधानका लागि नाट्टाले प्रतिबद्ध भएर काम गर्ने बताए ।

टिवानका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले पर्यटक बसपार्क नहुँदा पर्यटक बस व्यवसायीले ठूलो समस्या भोग्नुपरेको भन्दै यसको समाधानका लागि नाट्टासँग सहकार्य गरिने बताए ।

पर्यटक बस व्यवसायीको हकहितको अधिकारको रक्षाका लागि स्थापना भएको टिवानले हाल अस्थायी बसपार्कको रूपमा सोह्रखुट्टे सडक प्रयोग गर्दै आइरहेको छ । 

टिवानले हाल दैनिक १०० पर्यटकीय बसमार्फत नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराह, लुम्बिनी, जनकपुरलगायत क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको टिवानका महासचिव प्रकाशचन्द्र अधिकारीले जानकारी दिए  । 

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  १२ : ३३ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं