सडक विस्तारका लागि चक्रपथका २ हजारभन्दा बढी रुख काटिने « Khabarhub

सडक विस्तारका लागि चक्रपथका २ हजारभन्दा बढी रुख काटिने



काठमाडौं– चक्रपथ सुधार आयोजनाले कलंकी—चक्रपथ—धोवीखोला खण्डको भौतिक संरचना हटाउन गत जेठ २४ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।

सडकको मध्यभागबाट ३१ मिटरभित्रका भौतिक संरचना १५ दिनभित्र हटाइसक्नुपर्ने भन्दै आयोजनाले सम्बन्धित निकायलाइ पत्राचार पनि गरेको थियो ।यद्यपी सूचना प्रकाशन भएको २ महिना बितिसक्दा पनि संरचना हटाउने काम भने हुन सकेको छैन ।

आयोजनाका योजना प्रमुख अमृतमणि रिमालका अनुसार कलंकीदेखि धोवीखोलासम्म सडक विस्तार गर्नका लागि २ हजार ५७ वटा रुखहरु काटिने भएका छन् ।

२ महिनाअघि नै पत्राचार गरेपनि सम्बन्धित निकायले चासो नदेखाउँदा काममा ढिलाइ भएको उनले बताए । ‘प्रक्रियागत रुपमा जाँदा केही समय लाग्ने भएकाले ढिलाइ भएको हो’ उनले भने ‘केही दिनअघि सडकमार्गभित्र पर्ने सबै रुखमा टाँचा लगाइसकेको छौं ।

रिमालका अनुसार असोज १ गतेबाट रुख काट्न सुरु हुनेछ ।

यो सडकको लम्बाइ ११ दशमलव ६ किलोमिटर रहेको छ । चक्रपथ विस्तारको दोस्रो खण्डअन्र्तगत रहेको यो सडकको डीपीआरको काम धमाधम भइरहेको छ । यो खण्डको सडक विस्तारका लागि चीन सरकारले करिब ६ अर्ब लागत लाग्ने अनुमान रहेको छ भने सडक विस्तार सुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

यसअघि चीन सरकारले नै ११ दशमलव ३९ किलोमिटर लम्बाइको कोटेश्वर कलंकी सडकको विस्तार सम्पन्न गरिसकेको छ ।

कलंकीदेखि धोवीखोलासम्मको सडक विस्तार गर्ने क्रममा १ सय ५० वटा बिजुलीका पोल सारिने रिमालले खबरहबलाइ जानकारी दिए । बिजुलीको पोल सार्ने काम केही दिनमा अघि बढ्नेछ’ रिमालले भने ‘भौतिक संरचना खासै भत्काउनुपर्ने देखिदैँन’ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १२ : २६ बजे

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको