नर्सिङ काउन्सिलको निर्वाचनका लागि मतदान केन्द्र तोकियो « Khabarhub

नर्सिङ काउन्सिलको निर्वाचनका लागि मतदान केन्द्र तोकियो


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले सदस्य पदको निर्वाचनका लागि मतदान केन्द्रहरु तोकेको छ । आगामी भदौं २८ गते हुने केन्द्रीय सदस्यका लागि काउन्सिलले विभिन्न १२ जिल्लामा मतदान केन्द्र तोकेको हो ।

काउन्सिलले विराटनगरको कोशी अञ्चल अस्पताल,धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरको जनकपुर अञ्चल अस्पताल, विरगंजमा रहेको नारायणी उपक्षेत्रिय अस्पताल, चितवनको भरतपुर अस्पताल र काठमाडौंको नेपाल नर्सिङ परिषद् भवनलाई निर्वाचन केन्द्र तोकेको हो ।

यस्तै कास्कीको पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, बुटवलमा रहेको लुम्बीनी अञ्चल अस्पताल, बाँकेको भेरी अञ्चल अस्पताल, धनगढीमा रहेको सेती अञ्चल अस्पताल र जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मतदानको लागि निर्वाचन केन्द्र तोकेको हो ।

नेपाल नर्सिङ संघमा आवद्ध नर्सहरुले मात्रै काउन्सिलको निर्वाचनमा मदतान गर्न पाउनेछन् । नेपाल नर्सिङ संघमा १२ हजार नर्सहरु आवद्ध छन् ।

काउन्सिलमा लामो समयदेखि ३ जना केन्द्रिय सदस्यको पद रिक्त थियो । सोही रिक्त सदस्यका लागि साउन २९ गते सम्ममा ८ जनाले उम्मेदवारी दिएका छन् ।

काउन्सिललको सदस्याका लागि सरला केसी, जीता बराल, डा तारा शाह, कृष्ण कुमारी पौडेल, तुलसा देवी अधिकारी, सिता कार्की, रिना श्रेष्ठ र मित्रा कुमारी देवकोटाले उम्मेदवारी दिएका हुन् ।

नेपाल नर्सिङ संघमा आवद्ध नर्सहरुले मात्रै काउन्सिलको निर्वाचनमा मदतान गर्न पाउनेछन् । नेपाल नर्सिङ संघमा १२ हजार नर्सहरु आवद्ध छन् ।

कुन जिल्लाका नर्सले कहाँ भोट हाल्ने ?

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ६ : ३२ बजे

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई