रवि र युवराजको बयान सकियो, अब के हुन्छ ? « Khabarhub

रवि र युवराजको बयान सकियो, अब के हुन्छ ?


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको वयान सकिएको छ ।

आइतवार जिल्ला सरकारी वकिलले जिल्ला अदालत चितवनमा ‘आत्महत्या दुरुत्साशन’ को मुद्दा दर्ता गरेसँगै तीन जनासँग वयान लिन शुरु गरिएको थियो ।

आइतवार(हिजो) अस्मितासँग बयान लिइएपनि समय अभावका कारण रवि र युवराजसँग आज वयान लिइएको हो ।

उनीहरुको वयान सकिएसँगै अव अदालतमा थुनछेक वहस सुरु हुन्छ । थुनछेक वहस सकिएपछि अदालते थुनामा राख्ने, धरौटी माग गर्ने वा साधरण तारेखमा छोड्ने भन्ने फैसला गर्छ ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरको अभियोगमा लामिछाने, युवराज कँडेल र अस्मीता भन्ने रुकु कार्कीमाथि जिल्ला सरकारी वकिल कार्यालयले ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १ : ०७ बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय