रविवारे अस्मिताले वयानमा यसो भनिन् « Khabarhub

रविवारे अस्मिताले वयानमा यसो भनिन्


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– शालिकराम प्रकरणकी एक जना अभियुक्त अस्मिता कार्कीले आफूलाई शालिकरामले निकै दुख दिएको प्रहरी वयानमा जनाएकी छिन् ।

प्रहरीसँगको वयानमा उनले आफूहरु करिब एक वर्षदेखि सम्पर्कमा रहेको जनाएकी छिन् । तर शालिकराम विवाहित भएको आफूले घटना भएको ७/८ दिन अघि मात्र थाहा पाएको बयान दिएकी छिन् ।

थाहा पाएपछि आफूले शालिकरामलाई विवाहित रहँदा रहँदै पनि आफूलाई ढाटेको भन्दै अब देखि मलाई पिछा गर्न छोडिदेउ भनेको तर उनले नमानी बारम्बार फोन, गर्ने धम्काउने गरेको उनले बयानमा भनेकी छिन् ।

शालिकरामले आफूलाई त्यति भन्दा पनि नछोडेपछि न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रममा सञ्चालक रवि लामिछाने र युवराज कँडेललाई यसबारेमा बताउँदा शालिकरामले पिछा छोड्ने सोचर घटनाको चार पाँच दिन पहिला न्यूज २४ का क्यामेरा पर्सन अनिल ढुंगललाई फोन र म्यासेज गरि रवि लामिछानेलाई यो कुरा जानकारी गराउँनु भनेर शालिकरामसँगको कुराकानीको स्कृन सट पठाएको बयानमा भनेकी छिन् ।

न्यूज २४ को कार्यालमा पुगेर फोटो खिचि शालिकरामलाई पनि पठाएको उनले वयानमा भनेकि छिन् । उनीसँगको कुराकानी शालिकरामका नजिकका मानिसलाई समेत आफूले पठाएको उनको वयान छ । त्यसपछि शालिकरामले बारम्बार फोन गरेपनि आफूले त्यसलाई वेवास्ता गर्दै आएको उनले वयानमा भनेकी छिन् ।

उनले वयानमा न्यूज २४ का क्यामेरा पर्सन अलिनले आफूलाई फोन गरि शालिकसँग भएका म्यासेजहरु नहटाउन साउन २० गते राति साढे १२ बजेतिर फोन गरेको उनले बयानमा जनाएकी छिन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १ : ४१ बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय