माइक्रोबायोलोजीका विद्यार्थीको माग सम्बोधन गर्न सांसदको माग « Khabarhub

माइक्रोबायोलोजीका विद्यार्थीको माग सम्बोधन गर्न सांसदको माग


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन सस्थान अन्तर्गतका विभिन्न क्याम्पसमा माइक्रोबायोलोजी अध्ययन गरेका विद्यार्थीहरुको समस्याका बिषय संसदमा उठेको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद नविना लामाले ६ वर्षअघिदेखि आन्दोलनरत विद्यार्थीको समस्या समाधानका लागि पहल सरकारसँग माग गरिन् ।

‘माइक्रोबायोलोजीका विद्यार्थीहरु आन्दोलनरत छन्, ६ वर्षअघिदेखी ती विद्यार्थीको मागलाई सरकारले सम्बोधन गरेको देखिँदैन,’ सांसद लामाले भनिन्, ‘म यस सदनमार्फत सम्बन्धित निकायको ध्यानकर्षण गराउन चाहन्छु, जसरी भए पनि माइक्रोबायोलोजीका विद्यार्थीको मागलाई सम्बोधन गरियोस् ।’

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका १० वटा क्याम्पसहरुबाट माइक्रोबायोलोजी अध्ययन पूरा गरेका झन्डै २५ सय विद्यार्थीहरु आफ्नो अध्ययन अनुसारको काम गर्नबाट बञ्चित भएका छन् ।

त्रिभुवन विश्वविद्यालय र नेपाल स्वास्थ्य व्यवसायी परिषद्बीच समन्वय अभावले नेपालमा माइक्रोवायोलोजी पढेका झन्डै २५ सय विद्यार्थीहरु अध्ययनको प्रमाणपत्र सिरानी हालेर बस्न बाध्य भएका छन् ।

परिषद् र त्रिविसँग माइक्रोवायोलोजी अध्ययन पुरा गरेका तथा अध्ययनरत विद्यार्थीहरुले लाइसेन्स लिने व्यवस्था मिलाउन पटक–पटक आग्रह गर्दासमेत लाइसेन्स नपाएपछि अहिले देशभरका माइक्रोवायोलोजी अध्ययन पुरा गरेका र अध्ययन गरीरहेका विद्यार्थीहरु आन्दोलित छन् ।

आफ्नै देशमा अध्ययन गरेका माइक्रोवायोलोजीका विद्यार्थीलाई सरकारले वेवास्ता गरेको अरोप उनीहरुको छ ।


प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १ : ५९ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ