नेकपाले थप्यो जिल्ला, जनसंगठन र विभागका उपप्रमुख तथा सहइन्चार्जहरु « Khabarhub

नेकपाले थप्यो जिल्ला, जनसंगठन र विभागका उपप्रमुख तथा सहइन्चार्जहरु


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बिभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु थपेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई कार्यक्षेत्र तोकेको महासचिव विष्णु पौडेलले बताए ।

बैठकले कानुनमन्त्री भानुभक्त ढकाललाई राष्ट्रिय सुरक्षा विभागको प्रमुखको जिम्मा दिएको छ । यो विभागको उपप्रमुखमा यसअघि खोटाङको सहइञ्चार्ज रहेका रामकुमार राईलाई ल्याइएको छ ।

त्यस्तै पत्रकार तथा लेखक विष्णु रिजाल विदेश विभागको उपप्रमुखमा नियुक्त भएका छन् । बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्वराजदूत प्रमेश हमाललाई चयन गरेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई प्रादेशिक मामिला विभागको उपप्रमुख नियुक्त गरिएको छ । यो विभागको प्रमुख घनश्याम भुसाल छन् । चर्चित नेतृ रामकुमारी झाँक्रीलाई इन्जिनियर संगठनको सहइञ्चार्ज तोकिएको छ ।

बैठकले सहकारी तथा गरिवी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई थप गरेको छ । त्यस्तै कर्णाली अञ्चल सम्पर्क समन्वय कमिटीको इञ्चार्जमा सत्या पहाडी र सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको इञ्चार्जमा वीरमान चौधरीलाई जिम्मा दिइएको छ ।

जनवर्गीय संगठनतर्फ सहइञ्चार्ज थप्ने क्रममा महिलामा अमृता थापा र सीता पौडेल, आदिवासी जनजातिमा सुरेश आलेमगर र शेरबहादुर तामाङ, दलित मुक्ति मोर्चाको सहइञ्चार्जमा तिलक परियार र बोमवहादुर विक तथा प्रेस संगठनमा महेश्वर दाहाल सहइञ्चार्ज थपिएका छन् ।

जनसांस्कृतिक महासंघको इञ्चार्जमा केदार न्यौपाने र सहइञ्चार्ज खगेन्द्र राई चयन भएका छन् । खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इञ्चार्जमा जीवन घिमिरे र अजम्बर काङमाङ नियुक्त भएका छन् भने शिक्षक सम्बद्ध संगठनको सहइञ्चार्जमा हिक्मत कार्की चयन भएका छन् ।

जिल्लातर्फ पनि केही सहइञ्चार्ज थपिएका छन् । थपिनेमा तिलकुमार मेन्याङबो ताप्लेजुङ, भगवती चौधरी सुनसरी, प्रमोदनारायण यादव र हरिनारायण चौधरी सिरहा, चुँडामणी जंगली कास्की र दीपक देवकोटा कैलाली छन् ।

यसैबीच पर्सा जिल्ला इञ्चार्जमा रामचन्द्र साह तेली र मजदुर विशेष जिल्ला कमिटी सचिवमा बलराम खत्री चयन भएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ३ : १९ बजे

विदेशबाट फर्केका युवा सुकुटी व्यवसायमा, भन्छन्- मासिक दुई लाखसम्म आम्दानी गर्छौँ

मोरङ– कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने