महिला हिंसामा कमी नआएको भन्दै परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन « Khabarhub

महिला हिंसामा कमी नआएको भन्दै परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले सबै किसिमका महिला विरुद्धका हिंसा अन्त्यको अनुभूति हुने गरि प्रभावकारी र परिणाममुखी कार्यसम्पादन गर्न महिला मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकले महिला विरुद्धका हिंसाका घटनामा कमी आउन नसकेको, हिंसाको दोषीलाई कारवाहीको दायरामा ल्याउने काम नहुँदा दण्डहिनता बढ्दै गएको भन्दै हिंसा अन्त्यको क्षेत्रमा परिणाममुखी कार्य सम्पादन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

महिला मन्त्रालयका तर्फबाट समितिमा पेस भएको हिंसा अन्त्यका लागि भएको प्रयास र प्राप्त उपलब्धि सम्बन्धी प्रतिवेदन सन्तोषजनक नभएको भन्दै समितिले तत्काल प्रभावकारी रणनीति, कार्यनीति तयार गरि परिणाममुखी कार्यसम्पादन गरि सोको जानकारी आवधिक रुपमा समितिलाई गराउन निर्देशन दिएको हो ।

समिति सदस्यहरुले हिंसाका घटनामा कमी आउनुको सट्टा बढ्दै गएको, निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको तथा हिंसा मुक्त समाज निर्माणका लागि आवश्यक पहल कदमी नभएकोतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । उनीहरुले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनका लागि पनि जोड दिए ।

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले हिंसा अन्त्यका लागि मन्त्रालयले तात्कालिक र दीर्घकालिन गरि विभिन्न चरणका कार्ययोजना बनाई लागू गरिरहेको बताइन् । कानुन कार्यान्वयनले मात्रै महिला हिंसा अन्त्य नहुने भन्दै उनले हिंसा अन्त्यका लागि सबै नागरिक सचेत हुनुको साथै दायित्व बोध गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

गत बर्ष भदौ ८ गते प्रतिनिधिसभाबाट महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव पारित भएपछि हिंसा अन्त्यका क्षेत्रमा मन्त्रालयले गरेका कार्य र प्राप्त उपलब्धिको बारेमा समितिले संकल्प प्रस्तावक, समर्थक र सम्बन्धित मन्त्रीसँग छलफल गरेको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ४ : ५० बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को