नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत « Khabarhub

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत भएको छ ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको नेकपा सचिवालयको बैठकले अध्यक्ष साहको राजीनामा अस्वीकृत गरेको हो । महासचिव विष्णु पौडेलले अध्यक्ष साहको राजीनामा अस्वीकृत भएको पुष्टि गरे । महासचिव पौडेलले भने, “प्रभुजीले उठाउनुभएको विषयप्रति पार्टी गम्भीर छ । पार्टी एकता टुंगो लगाउने अभियानमा उहाँको भुमिका महत्वपूर्ण छ र पार्टी चाहन्छ कि उहाँ काममा फर्किनुपर्छ । तसर्थ पार्टीले उहाँको राजीनामा अस्वीकृत गरेको छ।”

पार्टी नेतृत्वबाट असहयोग भएको भन्दै अध्यक्ष साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका थिए । पार्टी नेतृत्वबाट निरन्तर गलत निर्णय गरि आफुलाई असहयोग गरेको अध्यक्ष साहको गुनासो थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ५ : १९ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी