नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत « Khabarhub

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत भएको छ ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको नेकपा सचिवालयको बैठकले अध्यक्ष साहको राजीनामा अस्वीकृत गरेको हो । महासचिव विष्णु पौडेलले अध्यक्ष साहको राजीनामा अस्वीकृत भएको पुष्टि गरे । महासचिव पौडेलले भने, “प्रभुजीले उठाउनुभएको विषयप्रति पार्टी गम्भीर छ । पार्टी एकता टुंगो लगाउने अभियानमा उहाँको भुमिका महत्वपूर्ण छ र पार्टी चाहन्छ कि उहाँ काममा फर्किनुपर्छ । तसर्थ पार्टीले उहाँको राजीनामा अस्वीकृत गरेको छ।”

पार्टी नेतृत्वबाट असहयोग भएको भन्दै अध्यक्ष साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका थिए । पार्टी नेतृत्वबाट निरन्तर गलत निर्णय गरि आफुलाई असहयोग गरेको अध्यक्ष साहको गुनासो थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ५ : १९ बजे

इनिशा हत्या प्रकरणबारे महानिरीक्षक कार्की- तथ्यका आधारमा अनुसन्धान भइरहेको छ

काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुर्खेतमा भएको इनिशा

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका

संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तनाव कम गर्न

झापाको कचनकवलमा मखनाखेती 

झापा– मुलुकको होचो स्थानका रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक