मलेसियाविरुद्धको खेलमा विमललाई अग्रपंक्तिको जिम्मा « Khabarhub

मलेसियाविरुद्धको खेलमा विमललाई अग्रपंक्तिको जिम्मा


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मलेसियन क्लब जोहार दारुल टाजिमविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्लेइङ–११ सार्वजनिक भएको छ । आज राति पौने ९ बजे शुरु हुने खेलमा नेपालले मलेसियन क्लबको सामना गर्दैछ ।

मलेसियको सुपरु लिग च्याम्पियन दारुलविरुद्धको खेलमा नेपालको अग्रपङ्ती स्टाइकर विमल घर्तिमगरले सम्हाल्नेछन् । यस्तै, पहिलो रोजाईका गोलकिपर किरण चेमजोङ टिममा नहुँदा विकेश कुथुले गोलकिपरको जिम्मा पाएका छन् ।

यस्तै टोलीमा सुजल श्रेष्ठ, सन्तोष तामाङ, विक्रम लामा, बिशाल राई र रवि पासवान छन् । यस्तै सुमन अर्याल, देबेन्द्र तामाङ, अनन्त तामाङ र अजित भण्डारी प्लेइङ–११ मा समावेश छन् । विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपालले मलेसियन लिग च्याम्पियन क्लब डारुल टाजिमविरुद्ध खेल्न लागेको हो ।

टोलीको कप्तानी सुजल श्रेष्ठले गर्दैछन् । नियमित कप्तान विराज महर्जन र उप–कप्तान किरण चेमजोङ टिम बाहिर भएका कारण सुजललाई कप्तानीको जिम्मेबारी दिएको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ५ : २५ बजे

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान

इनिशा हत्या प्रकरणबारे महानिरीक्षक कार्की- तथ्यका आधारमा अनुसन्धान भइरहेको छ

काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुर्खेतमा भएको इनिशा

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका