जाने हैन त अन्तरिक्ष घुम्नलाई ? लाग्नेछ यति खर्च « Khabarhub

जाने हैन त अन्तरिक्ष घुम्नलाई ? लाग्नेछ यति खर्च


९ भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि तपाईं अन्तरिक्ष घुम्न जान चाहनुहुन्छ भने अब त्यो रहर पूरा हुने भएको छ । राष्ट्रिय एयरोनाटिक्स र अन्तरिक्ष प्रशासन अर्थात नासाले अन्तरिक्ष घुम्न जाने इच्छा राख्नेहरुका लागि एक विशेष सुविधाको शुरुआत गर्ने भएको छ । जस अन्र्तगत पर्यटकका रुपमा अन्तरिक्षमा घुम्न पाइने छ ।

नासाले ७ जुन २०१९ मा जारी गरेको सूचनाअनुसार सन् २०२० सम्ममा अन्तरिक्षमा पर्यटनसहित व्यवसायीक योजनाका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन खोल्नेछ । तर यस यात्राका लागि यात्रीले ठूलो रकम तिर्नुपर्नेछ ।

नासाले जारी गरेको सूचनाअनुसार अन्तरिक्षमा एकरात बस्दा ३५ हजार अमेरिकी डलर अर्थात झण्डै ४० लाख नेपाली रुपैयाँ लाग्नेछ । नासाको योजनाअनुसार ३० दिनको यात्रा प्याकेज रहन सक्छ, जसका लागि कुल १२ करोड नेपाली रुपैयाँ खर्च हुनेछ ।

नासाका मुख्य वित्तिय अधिकारी जेफ डेविटकाअनुसार प्रति यात्राको लागत ४ खर्ब ८० अर्ब ७३ करोड रहने छ । डेविटकाअनुसार अन्तरिक्षमा जाने यात्रीको ब्यवस्थापन गर्ने जिम्मा स्पेस एक्स र बोइङ्ग कम्पनीको रहने छ । ति कम्पनीले नासाको केन्द्रमा रहने, खानपान गर्ने र सञ्चारको ब्यवस्थापन गर्नेछ । जसबापत यात्रीसँग रकम लिइने छ ।

प्रकाशित मिति : ९ भदौ २०७६, सोमबार  ६ : ४१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र