गर्भनिरोधक चक्की के हो ? कति पटकसम्म प्रयोग गर्न सकिन्छ ? « Khabarhub

गर्भनिरोधक चक्की के हो ? कति पटकसम्म प्रयोग गर्न सकिन्छ ?


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

किशोर अवस्था लागेसँगै शारीरिक रुपमा आउने परिवर्तनले केहि किशोरकिशोरीले आफूलाई शारीरिक सम्पर्कका लागि परिपक्क भएको महशुस गर्दछन् । तर किशोर अवस्था शारीरिक सम्पर्कका लागि परिपक्क उमेर भने होइन । शारीरिक सम्पर्क गर्ने कुनै पनि ब्यक्ति युवा उमेरमा प्रवेश गरेको हुनुपर्छ ।

तर आज हामी शारीरिक सम्पर्कका बारेमा भन्दा पनि शारीरिक सम्पर्क भए पश्चात रहन सक्ने गर्भ निरोधका बिषयमा चर्चा गर्नेछौँ । यौन सम्बन्ध हुनासाथ अधिकाशंले आकस्मिक गर्भनिरोधक चक्कीको सेवन गर्ने गर्दछन् । तर के यसरी गर्भनिरोधक चक्कीको सेवन गर्नु उचित हुन्छ त ? वा, कति पटकसम्म सेवन गर्दा यसले हानी गर्दैन ?

गर्भनिरोधक चक्कीमा हर्मोनको मात्रा सामान्यभन्दा बढी हुन्छ । हर्मोन बढी भएकै कारणले यो गर्भ निरोधका लागि प्रभावकारी मानिन्छ । तर गर्भ निरोधक चक्कीको प्रयोग आकस्मिक वा कहिलेकाही मात्र प्रयोग गर्नु उत्तम हुन्छ ।

गर्भनिरोधक चक्की कति पटक प्रयोग गर्नेभन्दा पनि सकेसम्म कममात्रामा प्रयोग गर्नु स्वास्थ्यका लागि सही हुनेछ । किनकी बारम्बार वा नियमित गर्भ निरोध चक्कीको सेवन गर्दा यसले शरीरमा हर्मोनको सन्तुलनलाई असर गर्नसक्छ । जसका कारण महिलामा महिनावारी गडबढीको समस्या हुनसक्छ ।

साथै बिस्तारै गर्भनिरोधक चक्कीको प्रभावकारितामा समेत कमी आउने संभावना रहन्छ । यसरी नियमित गर्भनिरोधक चक्कीको प्रयोग गर्नुभन्दा बरु कण्डम वा अन्य साधन पिल्स, डिपो, कपर टीको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ७ : ०४ बजे

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान