यस्तो छ रविलाई धरौटीमा रिहा गरेको १३ पन्ने आदेश (आदेश सहित) « Khabarhub

यस्तो छ रविलाई धरौटीमा रिहा गरेको १३ पन्ने आदेश (आदेश सहित)


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने धरौटीमा छुटेका छन् । जिल्ला अदालत चितवनले रविलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो ।

रविसँगै पुडासैनी प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेललाई ३ लाख धरौटीमा र नर्स अस्मिता भनिने रुकु कार्कीलाई तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश जारी गरेको छ ।

धरौटी तिरेर रिहा भएपनि रविले अदालतको अनुमति बिना देश छाडेर बाहिर जान पाउने छैनन् । अदालतले नेपालभन्दा बाहिर जान रविलाई अदालतसँग अनुमति लिनुपर्ने आदेशमा उल्लेख गरेको छ ।

पत्रकार पुडासैनी गत साउन २० गते चितवनको नारायणगढस्थित होटेल कंगारुमा मृत फेला परेका थिए । प्रहरीका अनुसार पुडासैनीले आत्महत्या गरेका थिए ।

पुडासैनीको शवसँगै फेला परेको उनको मोबाइलमा भेटिएको भिडियोसहित अन्य प्रमाणका आधारमा प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने, न्यूज २४ टेलिभिजनमा कार्यरत कँडेल र नर्स अस्मिता भनिने रुकु कार्कीलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

अदालतले तीनै जनामाथि अनुसन्धान गर्न ५–५ दिनका लागि २ पटक गरी १० दिनका लागि म्याद थप गरेको थियो । अनुसन्धानका लागि थपिएको म्याद सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय चितवनले आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसहित ज्यानसम्बन्धी कसुर समेत गरेको अभियोग लगाएको थियो । सरकारी वकिल कार्यालयले तीनैजनालाई मुलुकी अपराध संहिताको दफा १८५ को उपदफा ९२० बमोजिम ५ वर्ष जेल र ५० हजार जरिवानाको सजाय मागदाबी गरेको थियो ।

यस्तो छ अदालतको आदेश

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ७ : ४९ बजे

विदेशबाट फर्केका युवा सुकुटी व्यवसायमा, भन्छन्- मासिक दुई लाखसम्म आम्दानी गर्छौँ

मोरङ– कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने