रवि, युवराज र अस्मिताको पहिलो तारेख असोज ५ गते « Khabarhub

रवि, युवराज र अस्मिताको पहिलो तारेख असोज ५ गते


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका रवि लामिछाने, युवराज कँडेल र साधारण तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको छ ।

चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि साक्षी तारेखका लागि मिति तय गरेको हो । रवि ५ लाख, युवराज ३ लाख र अस्मितालाई जिल्ला न्यायधिश हेमन्त रावलले शुद्ध तारेखमा रिहा गर्न आदेश दिएका थिए ।

यसैबीच रवि रिहा भएपछि सञ्चारकर्मी लामिछानेले आफूप्रति सहानुभूति प्रकट गर्नेहरुलाई धन्यवाद दिएका छन् । रवि छुटेसँगै समर्थकहरुले काठमाडौंमा पनि खुशीयाली मनाएका छन् । केही दिन यता रविको रिहाईका लागि माइतीघर मण्डलामा दैनिकजसो प्रदर्शन गर्दै आएका समर्थकहरुले आज साँझ काठमाडौंको बानेश्वरमा अविरजात्रासहित खुशीयाली मनाएका हुन् ।

त्यस्तै, रविका समर्थकले चितवनमा पनि खुशीयाली मनाएका छन् । उनको रिहाईको खुशीयाली साँट्न चितवनमा हजारौंको संख्यामा सहभागी भएका थिए । रविको पक्राउसँगै लगातार ११ दिनसम्म समर्थकहरुले चितवनमा विरोध प्रदर्शन गर्दै आएका थिए । उनको रिहाइसँगै समर्थकहरुले सामाजिक सञ्जालहरुमा पनि खुशीयाली मनाएका छन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिएको हो। सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : १३ बजे

विदेशबाट फर्केका युवा सुकुटी व्यवसायमा, भन्छन्- मासिक दुई लाखसम्म आम्दानी गर्छौँ

मोरङ– कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने