रवि, युवराज र अस्मिताको पहिलो तारेख असोज ५ गते « Khabarhub

रवि, युवराज र अस्मिताको पहिलो तारेख असोज ५ गते


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका रवि लामिछाने, युवराज कँडेल र साधारण तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको छ ।

चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि साक्षी तारेखका लागि मिति तय गरेको हो । रवि ५ लाख, युवराज ३ लाख र अस्मितालाई जिल्ला न्यायधिश हेमन्त रावलले शुद्ध तारेखमा रिहा गर्न आदेश दिएका थिए ।

यसैबीच रवि रिहा भएपछि सञ्चारकर्मी लामिछानेले आफूप्रति सहानुभूति प्रकट गर्नेहरुलाई धन्यवाद दिएका छन् । रवि छुटेसँगै समर्थकहरुले काठमाडौंमा पनि खुशीयाली मनाएका छन् । केही दिन यता रविको रिहाईका लागि माइतीघर मण्डलामा दैनिकजसो प्रदर्शन गर्दै आएका समर्थकहरुले आज साँझ काठमाडौंको बानेश्वरमा अविरजात्रासहित खुशीयाली मनाएका हुन् ।

त्यस्तै, रविका समर्थकले चितवनमा पनि खुशीयाली मनाएका छन् । उनको रिहाईको खुशीयाली साँट्न चितवनमा हजारौंको संख्यामा सहभागी भएका थिए । रविको पक्राउसँगै लगातार ११ दिनसम्म समर्थकहरुले चितवनमा विरोध प्रदर्शन गर्दै आएका थिए । उनको रिहाइसँगै समर्थकहरुले सामाजिक सञ्जालहरुमा पनि खुशीयाली मनाएका छन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिएको हो। सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : १३ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन