रेडियो नेपालका पत्रकारको पुनः बहालीको माग « Khabarhub

रेडियो नेपालका पत्रकारको पुनः बहालीको माग


९ भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डोटी र दिपायलमा कार्यरत रेडियो नेपालका पत्रकारलाई पुनःबहाली गर्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको शून्य समयको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले झण्डै एक दशकभन्दा बढी समयसम्म कार्यरत श्रमजीवी पत्रकार प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई समाचारदाता पदबाट हटाइएकाले पुनःबहाली गर्न माग गरेका हुन् ।

बैठकमा असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण पहाडमा पहिरो र तराईमा नदीले हजारौं रोपनी जमिन मरुभूमितुल्य भएकाले बाढीपीडितलाई राहत र खोला नियन्त्रण गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराए ।

यसरी ध्यानाकर्षण गराउनेमा सांसद तेजुलाल चौधरी, दामोदर भण्डारी, दिलकुमारी, दुर्गाकुमारी विश्वकर्मा, देवप्रसाद तिमल्सिना र नारायणप्रसाद मरासनी हुन् ।

सांसद देवप्रसाद गुरुङले रेन्जर बटालियन खारेज गर्न माग गरे भने देवेन्द्र पौडेलले राजमार्गको स्तरोन्नति र नविना लामाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत माइक्रोबाइलोजीका विद्यार्थीको माग सम्बोधन गर्न सरकारसँग माग गरिन् ।

सांसद नवराज राउतले कर्णालीको राजधानी सुर्खेतस्थित शिखर शैली मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न, नवराज सिल्वालले निजी अस्पतालको तत्काल अनुगमन गर्न, नारायणप्रसाद खतिवडाले नुवाकोटकी बेपत्ता नागरिक चिनीमायाँ तामाङको खोजी गर्न र प्रमिला राईले डेङ्गु रोग नियन्त्रण गर्न सरकारसँग माग गरे ।

प्रकाशित मिति : ९ भदौ २०७६, सोमबार  ८ : २८ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको