रेडियो नेपालका पत्रकारको पुनः बहालीको माग « Khabarhub

रेडियो नेपालका पत्रकारको पुनः बहालीको माग


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डोटी र दिपायलमा कार्यरत रेडियो नेपालका पत्रकारलाई पुनःबहाली गर्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको शून्य समयको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले झण्डै एक दशकभन्दा बढी समयसम्म कार्यरत श्रमजीवी पत्रकार प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई समाचारदाता पदबाट हटाइएकाले पुनःबहाली गर्न माग गरेका हुन् ।

बैठकमा असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण पहाडमा पहिरो र तराईमा नदीले हजारौं रोपनी जमिन मरुभूमितुल्य भएकाले बाढीपीडितलाई राहत र खोला नियन्त्रण गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराए ।

यसरी ध्यानाकर्षण गराउनेमा सांसद तेजुलाल चौधरी, दामोदर भण्डारी, दिलकुमारी, दुर्गाकुमारी विश्वकर्मा, देवप्रसाद तिमल्सिना र नारायणप्रसाद मरासनी हुन् ।

सांसद देवप्रसाद गुरुङले रेन्जर बटालियन खारेज गर्न माग गरे भने देवेन्द्र पौडेलले राजमार्गको स्तरोन्नति र नविना लामाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत माइक्रोबाइलोजीका विद्यार्थीको माग सम्बोधन गर्न सरकारसँग माग गरिन् ।

सांसद नवराज राउतले कर्णालीको राजधानी सुर्खेतस्थित शिखर शैली मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न, नवराज सिल्वालले निजी अस्पतालको तत्काल अनुगमन गर्न, नारायणप्रसाद खतिवडाले नुवाकोटकी बेपत्ता नागरिक चिनीमायाँ तामाङको खोजी गर्न र प्रमिला राईले डेङ्गु रोग नियन्त्रण गर्न सरकारसँग माग गरे ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : २८ बजे

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको