स्थायी राजधानी टुङ्गो लगाउन माग « Khabarhub

स्थायी राजधानी टुङ्गो लगाउन माग


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश नम्बर ३ को प्रदेशसभाका सदस्यले स्थायी राजधानीको टुङ्गो लगाउन प्रदेश सरकारले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

सोमबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले चाँडोभन्दा चाँडो स्थायी राजधानी टुङ्गो लगाउनु पर्नेमा जोड दिँदै जनतामा गलत प्रभाव पर्न सक्नेतर्फ ध्यानाकर्षण गराए ।

यस्तै गत साउनमा बाढीपहिरोबाट क्षति पुर्‍याएको लामो दुरीको सडक, खानेपानी मुहानको तत्काल निर्माण गरी जनतालाई यथाशीघ्र सुविधा उपलब्ध गराउन प्रदेश सरकारले सम्बन्धित निकायलाई निर्देशन दिन माग गरे । जनतालाई केन्द्रविन्दुमा राखेर आर्थिक समृद्धिको लागि कृषि, मत्स्यपालन र दूध उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्ने प्याकेज कार्यक्रम ल्याउन र विपन्न कृषकको छनोटमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको थप गृहकार्य आवश्यक रहेको सदस्यहरुले धारणा व्यक्त गरे ।

साथै सो बैठकमा प्रदेशमा सवारी यातायात संशोधन गर्न बनेको विधेयक २०७५, प्रदेशमा लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार गर्न बनेको विधेयक २०७६, प्रदेशमा सार्वजनिक, निजी, सहकारी साझेदारीसम्बन्धी व्यवस्था गर्न बनेको २०७६ र प्रदेशसभा सचिवालय व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि क्रमशः सैद्धान्तिक पक्षमा दफावार छलफल गरिएको थियो ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले क्रमश विधेयकको सैद्धान्तिक पक्षमा छलफलका लागि प्रस्ताव राखेका थिए । सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्ने जानकारी गराए ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १० : २० बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक