वार्ता र सम्वादका माध्यमबाट समस्या समाधान गर : चिकित्सक संघ « Khabarhub

वार्ता र सम्वादका माध्यमबाट समस्या समाधान गर : चिकित्सक संघ


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको समस्या सरोकारवालाबीचमा वार्ता र सम्झादारी गरी सुल्झाउन अनुरोध गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीले प्रतिष्ठानमा कार्यरत १२ जना चिकित्सकलाई एकैपटक हटाएपछि प्रतिष्ठानको सेवामा गम्भीर असर पुगेको छ । चिकित्सकको अभावमा सेवाग्राही उपचार नपाइ घर फर्किन बाध्य हुनुपरेको छ ।

उपकुलपति भण्डारीको कार्यशैलीको विरोध गर्दै एकैपटक २९ जना चिकित्सकले सामूहिक राजिनामा दिएका थिए । अहिले उपकुलपति भण्डारीसहित चारजना चिकित्सकले मात्र सेवा सञ्चालन गरिराखेका छन् ।

सङ्घका महासचिव डा लोचन कार्कीले सोमबार जारी गरेको विज्ञप्तिमा घटनाका विषयमा नेपाल चिकित्सक संघ दाङ शाखाले निकालेको विज्ञप्ति प्रति नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको ध्यानाकर्षण भएको जनाउँदै वार्ता र सम्वादका माध्यमबाट समस्या सम्बोधन गर्न भनिएको छ ।

“स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक प्रभाव पर्न सक्ने भएको हुनाले सरोकारवाला निकायले गम्भीर रुपमा विचार गरी तत्काल उत्पन्न समस्याको छिटो समाधान निकाल्न सरोकारवाला निकाय समक्ष सङ्घले जोड्दार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ३० बजे

लुम्बिनी प्रदेशसभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक

कानुनी झमेलामा पर्दै युवा कमेडियन

काठमाडौँ- नेपालमा कमेडी विधा बाउन्स ब्याक भएको अवस्थामा छ ।

हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु

रौतहट– रौतहटमा सोमबार साँझ आएको हावहुरीले घर भत्किएर थिच्दा एक

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन