नर्सिङ काउन्सिलको तीन सदस्यमा आठ नर्सको उम्मेदवारी « Khabarhub

नर्सिङ काउन्सिलको तीन सदस्यमा आठ नर्सको उम्मेदवारी


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलको रिक्त तीन सदस्य पदका लागि यही भदौ २८ गते निर्वाचन हुनेभएको छ । यसका लागि काउन्सिलले देशका मुख्य १२ स्थानमा मतदान केन्द्र निर्धारण गरेको जनाएको छ ।

काउन्सिलका अनुसार कोशी अञ्चल अस्पताल (विराटनगर), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान सुनसरी), जनकपुर अञ्चल अस्पताल (जनकपुर), भरतपुर जिल्ला अस्पताल (चितवन) र नारायणी उपक्षेत्रीय अस्पताल (वीरगञ्ज)मा मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैगरी नेपाल नर्सिङ परिषद् (वाँसबारी काठमाडौँ), पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा), मिसन अस्पताल (भुषनडाडा पाल्पा), लुम्बिनी अञ्चल अस्पताल (बुटवल), भेरी अञ्चल अस्पताल (बाँके नेपालगञ्ज), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला) र सेती अञ्चल अस्पताल (धनगढी)मा पनि मतदान केन्द्र निर्धारण गरिएको काउन्सिलले जनाएको छ ।

तीन सदस्य पदका लागि सरला केसी, जीता बराल, मित्रकुमारी देवकोटा, डा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठले उम्मेदवारी दिएका छन् । निर्वाचनमा नर्सिङ संघका सदस्यको मात्र मताधिकार हुने छ । संघमा हाल करिब १२ हजार सदस्य रहेको बताइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ४५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको