रवि रिहा भएपछि किशोर श्रेष्ठले भने- पाँच लाख धरौटी तिरेर रवि मुख्य दोषी ठहरिए ! « Khabarhub

रवि रिहा भएपछि किशोर श्रेष्ठले भने- पाँच लाख धरौटी तिरेर रवि मुख्य दोषी ठहरिए !


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतबाट टेलिभिजन प्रस्तोता रवि लामिछाने रिहा भएसँगै वरिष्ठ पत्रकार किशोर श्रेष्ठले घटनामा रवि नै मुख्य दोषी ठहरिएको बताएका छन् ।

उनले भने, ‘फरक यति मात्रै हो कि जेलभित्रै बस्ने कि बाहिर बसेर मुद्दा लड्ने ? जहाँ बसे पनि महिनैपिच्छे तारिख धाएर मुद्दा त लडिरहनुपर्ने भयो ।’

न्यूज २४ ले अस्मितालाई दोषी देखाएर आफू चोखिन खोजेकोमा अस्मिता साधारण तारिखमा छुटेको भन्दै पाँच लाख धरौटी तिरेर रवि मुख्य दोषी ठहरिएको बताएका छन् ।

पत्रकार किशोरले ३ लाख तिरेर धरौटीमा रिहा भएका पत्रकार युवराज कँडेललाई दोस्रो दोषी ठहरिएको बताएका छन् ।

पत्रकार श्रेष्ठले रविको मुद्दा अदालतमा विचाराधीन भएकोले शालिकराम प्रकरणसँग जोडिएका कुनै पनि विषयमा आफ्नो च्यानलबाट केही बोल्न नपाउने बताउँदै जनआस्था र नेपालआजले सार्वजनिक गरेको भिडियो सही सावितभएको समेत बताए ।

उनले आँखामा हत्यारा देखिएको, शालिकरामलाई कुटेर मारिएको हल्ला गलत सावित भएको दाबी समेत गरेका छन् । त्यतिमात्र नभएर उनले रवि लामिछाने लगायत तीनजनाको सम्पत्ति छानविनका लागि प्रहरीले जारी गरेको परिपत्रको विषय समेत कोट्याएका छन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले आज लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिएको हो।

सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ४३ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय