भारतको माग आईसीसीद्वारा अस्वीकार, पाकिस्तानसँगको खेल सार्न नसकिने « Khabarhub

भारतको माग आईसीसीद्वारा अस्वीकार, पाकिस्तानसँगको खेल सार्न नसकिने


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल सार्न नसकिने स्पष्ट पारेको छ । म्यानचेस्टरमा हुने खेललाई कुनैपनि अवस्थामा सार्न नसकिने आईसीसीलाई उद्धत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

भारतको पालुवामामा भएको बम विस्फोट भएपछि दुई देशबीचको सम्बन्ध तनावग्रस्त रहेको अवस्थामा आगामी मे महिनामा हुने ५० ओभरको विश्वकप क्रिकेटमा भारत र पाकिस्तानको खेल हुन्छ वा हुँदैन भन्ने आशंका गरिरहँदा आईसीसीले यस्तो प्रतिक्रिया दिएको हो।

विश्व कपमा भारत र पाकिस्तानले १६ जुनमा खेल्ने खेल तालिका छ । वल्ड ट्राफोडमा हुने खेल भारतले बहिस्कार गर्ने बताइरहँदा आईसीसीले खेल सार्न नसकिने स्पष्ट पारेको छ ।

‘हाम्रा सदस्य राष्ट्रहरुको परिस्थिती अनुसार हामी निगरानिमा राख्न सक्छौं,’ आईसीसीले भनेको छ, ‘अहिलेमात्रै होइन यस्तो घटनाबाट प्रभावित सबैमा हाम्रो विचार लागु हुन्छन् । खेलकुद, खासगरी क्रिकेटसँग यस्तो अद्भुत क्षमता छ जसले मानिसहरुलाई एकै स्थानमा उभ्याउन सक्छ र हामीले हाम्रा सदस्य राष्ट्रहरुलाई एकै ठाउँमा ल्याउने प्रयास गछौं ।’

‘यो कुनै पनि खेल योजनाभन्दा अघि वा पछि सर्दैन,’ आईसीसीले भनेको छ । २०१९ को विश्वकपका लागि आधाभन्दा बढी टिकेट विक्री हुनेक्रममा छन् भने २५ हजारभन्दा बढी टिकट विक्रि भइसकेको जनाएका छन् ।

भारतको पलुवामा भएको हमालामा भारतका ४६ जना सैनिकको मुत्यु भएको थियो । उक्त घटनाको दोषी भारतले पाकिस्तान रहेको भन्दै आरोप लगाउँदै आएको छ भने पाकिस्तानले उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईसीसीलाई आतंकवादी समूह सक्रिय देशसँग सम्बन्ध तोड्न आग्रह गरेको थियो । भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीले आइतबार ‘सरकार र बोर्ड’ले गर्ने निर्णय आफूलाई मान्य हुने बताएका छन् । उनले सरकार र बोर्डको निर्णयबाट आफू खेल बहिस्कार गर्न पनि सहमत हुने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ८ : २८ बजे

गाजा र लेबनान युद्धविराम नहुँदासम्म वार्ता नगर्ने इरानको घोषणा

तेहरान – इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग

मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

तनहुँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको

वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम

कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन

काठमाडौँ । नेपाली कांग्रेस नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुल्ला

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

काठमाडौं – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान